काठमाडौँ र विरगञ्ज फाइनलमा

काठमाडौं : क्षेत्र नम्बर ३ काठमाडौं र क्षेत्र नम्बर २ विरगञ्ज यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । दुवै
टिमले शुक्रबार भएको सेमिफाइलनमा जित दर्ता गराउदै उपाधी भिडन्त पक्का गरेका हुन् । काठमाडौले क्षेत्र नम्बर ७ जनकपुरलाई ९९ रनले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो । त्यस्तै क्षेत्र नम्बर २ विरगञ्जले क्षेत्र नम्बर ९ कञ्चनपुरलाई ६ विकेटले हराउँदै पुन काठमाडौँ विरुद्ध फाइनलमा बदला लिने मौका विरगञ्जले प्राप्त गर्‍यो । समुहचरणमा काठमाडौँले विरगञ्जलाई हराएको थियो । पुलचोक मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको काठमाडौँले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ९५ रनको स्कोर तयार पार्‍यो । उस्का लागि प्लेयर अफ द म्याच घोषित विभत्सु थापाले १ सय १६ रनको सतकीय पारी खेलेका थिए । (सौस)

प्रतिक्रिया