बन्दका कारण ग्यास ढुवानीमा समस्या

धनगढी, १ मंसिर । बिगत पााच महिनादेखि सुदूरपश्चिममा बढी खपत हुने नेपालगञ्ज ग्यास प्लान्ट रहेको भेरी र मनोकामनाले पछिल्ला दिनहरुमा अनेक बहाना बनाइ ग्यास ढुवानी गर्न आलटाल गरेपछि उपभोक्तालाई समस्या परेको छ ।

कात्तिक २५ गतेदेखि नेकपा–माओवादीसहितको ३३ दलिय मोर्चाले गरेको बन्दका कारण ग्यास आपूर्ति गर्न समस्या भएको भेरी र मनोकामना ग्यास कम्पनीले जनाएको छ । स्थानीय प्रशासनले प्रहरी स्कर्टिङ् दिएर शान्तिसुरक्षा दिने बताएपनि ग्यास बोक्ने गाडीका चालकले आफू सागै अलग्गै सुरक्षाकर्मी हुनुपर्ने माग राखेपछि ग्यास ढुवानीमा समस्या भएको हो ।
स्थानीय प्रशासनले अन्य गाडी सागै ग्यास बोक्ने गाडी पनि स्कर्टिङ गर्ने जनाएको छ भने ग्यास कम्पनी र चालकले ग्यासजस्तो संवेदनशिल कुरामा अलग्गै सुरक्षाब्यवस्थाको माग गरेकोले ग्यास ढुवानी हुन नसकेको धनगढीस्थित मनोकामना ग्यासको बिक्रेता गायत्री स्टोर्सका अजित श्रेष्ठले बताए ।
उनले धनगढीका लागि नेपालगञ्जमा बिगत चार दिनदेखि लोड गरेर राखिएका २ वटा र भेरीका ४ वटा गाडी शान्तिसुरक्षाको कारण जनाइ रोकिएको जानकारी दिए । ग्यासको अभाव रहेको र सुरक्षाको प्रबन्ध मिलाइ दिन कैलालीका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकलाई पटकपटक आग्रह गरेपनि केही सुनुवाइ नभएको ग्यासका बिक्रेताको आरोप छ । प्रमुख जिल्ला अधिकारी लेखकले भने बााकेको प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरी ग्यास बोकेका गाडीलाई प्रहरीको स्कर्टिङ्मा ल्याउने बताए ।

प्रतिक्रिया