राज्य त एकलकाँटे पो रहेछ

Prakash-dumi-raiप्रकाश एल्बमबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

– ‘प्रकाश’ एल्बमबाट एकदमै सकारात्मक प्रतिक्रिया पाइरहेको छु ।स्रोता तथा दर्शकको मायाले केही एफएम, रेडियो नेपाल, टेलिभिजनका म्यूजिक प्रोग्रामहरूमा छोटो समयमै काउन्ट डाउनमा समेत गीतहरू बज्न थालेका छन् । यसले गीति लेखनमा हौसला थपिएको महसुस भएको छ ।
एल्बममा कस्ता गीतहरू समेट्नुभएको छ ?
– केही आधुनिक, पूर्वेली भाका, फिल्मी टाइपका गीतहरूलाई समेट्ने कोसिस गरिएको छ । म्यूजिक मार्केटमा अन्य एल्बमका गीतहरूलाई ‘प्रकाश’ एल्बमभित्र समेटिएका गीतहरूले टकराव दिने आशामा छु ।
गीति यात्राबारे बताइदिनुस न, कसरी एल्बम निकाल्ने सोच आयो ?
– खास स्कुल पढ्दादेखि नै सामान्य लेख्ने गर्थें म तर विधागत रुपमा गीत या कविता के लेख्दै छु भन्ने थाहा हुन्नथ्यो । गाउबाट क्याम्पस पढ्ने सिलसिलामा २०५८ सालमा काठमाडौं आएपछि भने साहित्यिक संगत बढ्दै जाँदा लेखनले अलि दू्रत गति लिएको हो । त्यस क्रममा एक दिन अचानक एक पत्रिकामा प्रकासित मेरो गीत चोरी भयो । त्यसपछि गीतिस ंसग्रह (पुस्तक) प्रकाशन गर्ने सोच आएको थियो । तर, संगीतकार गायक विनोद खम्बुसाग १, २ वटा गीत रेकर्डिङ गर्दै जाादा एल्बम नै पो तयार भएछ ।
गीति एल्बम तथा सीडीको बिक्री त ठप्प छ भन्छन् नि †
– हरेक काममा जोखिम मोल्नुपर्छ नै । यस मानेमा मैले पनि जोखिम मोलेकै हुँ । गीति एल्बम तथा सीडीको बिक्रीबाट लगानी उठाउन त गाह्रै छ । बजारमा विभिन्न प्रविधि भित्रिएकाले बिक्री ठप्प नै छ । सबै चल्तीका गायकगायिका तथा गीतकारहरूले पुस सेलिङमै भर पर्नुपर्ने अवस्था छ । म आफै पनि त्यही आइडिया क्रिएट गर्दै लगानी उठाउने दाउमा छु ।
त्यसो भए गीति लेखनलाई नै पेसा बनाएर बाच्ने अवस्था छैन, हैन ?
– गीति लेखन क्षेत्र पनि केही हदसम्म त व्यावसायिक बन्दै छ । तर चल्तीका गीतकारहरूको अवस्था हेर्दा आकासे खेतीजस्तै लाग्छ । यसो भनु गीत लेखेरै एउटा गीतकारको जीवन गुजारा चल्न सक्ने स्थिति भने एक रति छैन ।
गीत लेख्नु अनि एल्बम निकाल्नुचाहि रहर मात्र हो ?
– गीत लेख्नु र एल्बम निकाल्नु मेरो मामिलामा भने रहर होइन । मैले ९/१० वर्षदेखि गीत लेख्दै आएको हु । जसले पनि लगानी गरिसकेपछि त्यसको प्रतिफल बुझ्न चाहन्छ । म पनि यसमा अछुतो रहिनँ । ९/१० वर्षे गीति लेखन करिअरलाई टेस्ट गरौं भनेर एल्बम निकालें । बस् ।
तपाईंलाई गीत के हो भन्ने लाग्छ ?
– गीत एउटा साहित्यको शक्तिशाली अस्त्र हो । गीतलाई कसरी अर्थयाउनुभन्दा पनि यति बोलिसकेपछि आ–आफैले बुझ्ने चेष्टा गरे अति बेस होला ।
आगामी योजना के छ ?
– खास योजना त छैन भन्दा भो । भर्खरै गीति एल्बम बजारमा ल्याइएको छ । सायद केही समयपछि पुस्तकाकार रुपमा गीति संग्रह प्रकाशन गर्नुपर्ला ।
साहित्यिक पत्रकारितामा पनि संलग्न हुनुहुन्छ, केही बताइदिनुस न ?
– साहित्यिक पत्रकारितामा लगभग ७/८ वर्षदेखि मेरो संलग्ना रहदै आएको छ । मेरो साहित्यिक चेत खुलेपछि बुझें कि साहित्यिक पत्रकारितामा पनि राज्य संयन्त्र त एकलकाटे पो रैछ बा । खस भाषाका सृजनालाई बाहेक अन्य जातजातिका भाषाका सृजनालाई प्राथमिकता नै नदिने । तसर्थ, अन्य भाषाभाषीको सृजनालाई पनि बाहिर ल्याउँ सुनाउँ भन्ने सोचका साथ ‘निशाना’ मासिकदेखिको यात्रा अहिले ‘नमन’ साहित्यिक पत्रिकासम्म जारी छ । नमनमार्फत केही युवा साथीहरू सामावेसी साहित्यिक लडाई लड्ने प्रयासमा जुटेका छौ । ठूलो आकांक्षा होइन यति हो, राज्य पुन: संरचनासग नेपाली साहित्यको पनि पुन: परिभाषित होस् ।

प्रतिक्रिया