नमुना मतपत्रसहित नेताहरु घरदैलोमा

ओखलढुंगा २९ कात्तिक । संविधानसभा निर्वाचनको समय नजिकीदै जाादा ओखलढुंगास्थित राजनीतिक दलका नेता कार्यकर्ताहरु नमुना मतपत्रसहित घरदैलो अभियानमा लागेका छन् ।

मतदाताहरुलाइ सहितरिकाले आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हाल्न सिकाउने उद्धेश्यले नमुना मतपत्रसहित घरदैलो अभियानमा लागेका हुन्  । उनीहरुले आफ्नो निर्वाचन चिह्नको उचित स्थानमा स्वस्तिक छाप लगाई बदर नहुनेगरि भोट हाल्न र पट्याउने तरिकासहित सर्वसाधारणलाई मतदान सम्बन्धी शिक्षा दिने गरेका छन् । जिल्लाका अधिकांश उम्मेदवार यो काममा आफैं सकृय देखिएका छन् भने कतिपयले मतपत्रसहित आफ्ना कार्यकर्तालाई घरदैलोमा पठाएका छन् ।
प्रमुख दल एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलले आफ्नो चुनाव चिन्हसहित घरघरमा पुगेर मत माग्ने अभियान सुरु गरेका हुन् । पछिल्लो समय किसानहरु धान भित्राउन व्यस्त भएका कारण पनि निश्चीत ठााउमा आयोजना गरिने कार्यक्रममा मतदाताको उपस्थिती न्यून हुने भएका कारण दलका नेता कार्यकर्ता नमुना मतपत्रसहित घरदैलो अभियानमा लागेका हुन्  । नेकपा एमालेले प्रत्येक गाउाका मतदाताहरुलाइ सम्बन्धित क्षेत्रको उम्मेदवारसहित कार्यकर्ताको टोली नमुना मतपत्र लिएर घरघरमा भोट हाल्न सिकाउादै मत  माग्ने योजना बनाएको प्रचार विभाग प्रमुख शंकर कट्वालले बताए । उनले भने “ जनता साग प्रत्यक्ष भेटघाट कुराकानी र सम्पर्कबाट स्वच्छ चुनाव र असल नेतृत्व चयनका लागि हामि अगाडि बढेका हौा । ” जनतालाई कसरी मतदान गर्ने भन्ने पुर्ण ज्ञान नभएका कारण दलहरुले आयोगको अपेक्षा अनुसार बदरमत शुन्यमा झार्न यो अभियानात्मक रुपमै गरेको उनको भनाई छ ।
त्यस्तै नेकपा एमालेका जिल्ला अध्यष तथा क्षेत्र नं. १ का उम्मेदवार यज्ञराज सुनुवारले अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएर नमुना मतपत्रसहित आ–आफ्नो क्षेत्रमा पठाएको जानकारी दिए । निर्वाचन आयोगको वेबसाइटबाट मतदाताको नाम र नम्बर संकलन गर्दै एमालेमा मतदान गर्न क्षेत्रीय कार्यालयमार्फत मतदाताको घरघरमा नमुना मतपत्र पठाएको सुनुवारको भनाई छ । कााग्रेस, एमाले जस्तै  एमाओवादी र अन्य साना दलहरु पनि मतदाताहरु लाइ भोट हाल्ने तरिका सहित आफ्नो पार्टीको चुनाव चिन्हमा मत खसाल्न सहमत गराउादै  नमुना मतपत्र लिएर जनताको घरदैलोमा जान थालेका छन् । यसैविच प्राय दलका नेता कार्यकर्ताले आफ्नो फेसबुकमा पार्टीको चुनाव चिह्नमा स्वस्थीक छाप लगाएको नमुना मतपत्र राखेर प्रचार गरिरहेका छन् ।

प्रतिक्रिया