एमाले कार्यकर्तामाथि आक्रमण

धनगढी, १ मंसिर । बैतडीको पुर्चाडी क्षेत्रमा पर्ने मल्लादेही गाविसमा चुनावी प्रचारप्रसारमा हिडेका एमाले कार्यकर्तामाथि एमाओवादी कार्यर्ताले आक्रमण गरेका छन् ।

एमाओवादी कार्यकर्ताको आक्रमणबाट एमालेका छ जना घाइते भएका छन् भने ११ जना सम्पर्कविहीन भएका छन् । क्षेत्र नं. १ को चुनावी प्रचारप्रसारका क्रममा मल्लादेही–९ बबिडामा पुगेका एमाले बैतडीका पूर्व अध्यक्ष नरेन्ऽ विष्टसहित २१ जनाको टोलीमाथि झन्डै एक सयको संख्यामा आएका एमाओवादी कार्यकर्ताले एक्कासी आक्रमण गरेको बताइएको छ ।
आधा घण्टाको दुरीमा रहेको पुर्चाैडी हाटस्थित सेनाको बेस क्याम्प र प्रहरीचौकी भएपनि उनीहरुले सुरक्षाका लागि केही चासो नदिएको घाइतेहरुको भनाइ छ ।
हातमा लाठीसहित आएका एमाओवादी कार्यकर्ताले आक्रमण गरेपछि घाइते भएका छ जना एमाले कार्यकर्ताको जिल्ला अस्पताल बैतडीमा उपचार हुादैछ भने ११ अझै सम्पर्कमा नआएका घाइते पूर्व अध्यक्ष विष्टले बताए ।
घाइते पूर्व अध्यक्ष विष्ट, एमाले निकट दलित संघका केन्ऽीय उपाध्यक्ष नरेश विक, भगिरथ कुावर, कर्ण विष्ट, दिलीप विष्ट, जनक कुावरको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । उनीहरुले भागेर ज्यान जोगाउन सफल भएको बताएका छन् । घटनापछि एमाले कार्यकर्ताबाट करिब १ लाख ५० हजार नगद, मोबाइल, झोलालगायतका सामग्री लुटेर लगेको अर्का घाइते नरेश विकले बताए ।
उक्त घटनापछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षक भरत शाहको नेतृत्वमा ३२ जना प्रहरी पठाएको बैतडीका प्रहरी नायब उपरीक्षक होमनाथ निरौलाले जानकारी दिए ।
घटनापछि एमालेले निर्वाचन आयोगमा एमाओवादीका दिपेन्ऽ कुावर ‘यथार्थ’, कृष्ण बडु, असोक लुहारलगायत कार्यकर्ताका नाममा उजुरी दर्ता गराएको छ । बैतडीको निर्वाचन क्षेत्र नं. १ मा एमाओवादी कार्यकर्ताले अन्य पार्टीका नेतालाई जान रोक लगाउादै आएका छन् ।
त्यस्तै बर्दियामा पोष्टर च्योतेको विषयमा एमाओवादी र एमालेका कार्यकर्ताबीच बर्दियाको बेलवा–७, पुष्पनगरमा विहीबार साँझ झडप हुादा दुवै पक्षका केही कार्यकर्ता घाईते भएका छन् ।
झडपमा परी मोतिपुर–२ का ३५ वर्षीय धनबहादुर वि.क घाइते भएका छन् । घाइते वि.क.लाई टाउको र कुममा गम्भिर चोट लागेको छ
पोष्टर च्यातेको विषयमा विवाद बढ्दै गएपछि झडप भएको हो । झडप पछि दुबै तर्फका कार्यकर्ताले प्रयोग गरेको भे.३ प ६१७३, भे ४ प ९२९, बा ४१ प ५६४६, भे १ प ६१८२ , भे २ प ५१५९, भे ३ प ८३ १२, भे ३ प ४०२४ नम्वरका मोटरसाइकल तोडफोड भएको छ । ती सबै मोटरसाइकलहरु इलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको छ । भने भे २ प ५५०५ नम्वरको मोटरसाइकल हराएको छ ।
आफ्नो कार्यकर्ताको घरमा पोष्टर टाासेको भन्दै एमाओबादी कार्यकर्ताहरुले एमालेले टाासेको पोष्टर च्यातेका थिए । एमाओबादी कार्यकर्ताले पोष्टर च्यातेपछि उत्पन्न भएको विवादले उघ्र रुप लिएपछि झडप भएको प्रहरीले जनाएको छ । झडपमा परी घाईते भएकाहरुको मेडिकल कलेज कोहरपुरमा उपचार भैरहेको जनाईएको छ ।

प्रतिक्रिया