काठमाडौ, २९ कात्तिक । सरकारले संविधानसभा चुनावमा आउने मुद्दा हेर्नका लागि सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय संविधानसभा अदालत गठन
गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले न्यायाधीश श्रेष्ठको अध्यक्षतामा संविधानसभा अदालत गठनको निर्णय गरेको हो । सर्वोच्चका न्यायधीशहरु गिरीशचन्द्ररलाल र सुशीला कार्की सदस्य रहने गरी श्रेष्ठको अध्यक्षतामा संविधानसभा अदालत गठन गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।
गाडीलाई ५० हजार क्षतिपूर्ति
बैठकले बन्दका क्रममा सवारीसाधनमाथि हुने तोडफोड र आगजनीको क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ । २५ कात्तिकदेखि ५ मंसिरसम्म सवारीसाधन तोडफोड भए यसअघि दिइँदै आएको २५ हजारमा वृद्धि गरी ५० हजारसम्म तत्काल क्षतिपूति दिर्ने र बाँकी क्षतिको आधारमा ९० प्रतिशतसम्म क्षतिपूति दिर्ने व्यवस्थासम्बन्धी कार्यविधि बैठकले पारित
गरेको हो ।
प्रतिक्रिया