बसन्त सापकोटालाई पुत्र लाभ

Basant Sapkota n His Wifeकाठमाडौं, २८ कात्तिक । नेपाली गीत/संगीतको क्षेत्रका चर्चित संगीतकार बसन्त सापकोटालाई पुत्र लाभ भएको छ ।
पुत्र लाभ भए लगत्तै सापकोटाले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो खुसी व्यक्त गरेका छन् । ‘यो संसारमा आइपुग्यौं,’ सापकोटाले भनेका छन्, ‘बाबु धेरै धेरै स्वागत छ, तिमीलाई ।’
संगीतकार सापकोटालाई बुधबार काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा पत्र लाभ भएको हो ।

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा अत्यन्तै ब्यस्त मानिन्छन्, सापकोटा । सबै सँग मिल्न सक्ने क्षमता राख्ने संगीतकार सापकोटाका थुप्रै गीत/संगीत श्रोताले भूल्न सकेका छैनन् ।

Son of Basanta Sapkota

सापकोटा दम्पत्तिका पुत्र

सापकोटाले संगीत दिएको पछिल्लो चलचित्र ‘काली’को ‘सोलोली सोलोली……’ बोलको गीत खुब चर्चित छ । ‘काली’ चलचित्रको निर्माण नायिका रेखा थापाले गरेकी हुन् ।

प्रतिक्रिया