आर्थिक उन्नतिका लागि दिगो पर्यटन

हामी सोच्छौँ, पर्यटक भनेको विदेशी मात्र हुन्, सरकारले आन्तरिक पर्यटनलाई प्रवर्दन गर्ने कुमा जति योजना बनाउँछ, त्यसलाई व्यवहारिक रूपमा कार्यन्वयन गर्ने पक्षमा सक्रियता देखाउँदैन । मार्गर्दन मात्र पनि नगरिदिने परिपाटीले जनतालाई आन्तरिक पर्यटनका बारेमा सचेत गराउन सकेन । सम्पदा संरक्षणमा जनताको जिम्मेवारी खोज्ने हो भने आन्तरिक पर्यटनका नयाँ बाटाहरू जनताले आफैँ खोज्ने कुरा नकार्न सकिन्न । जनता सचेत नहुनुमा केन्द्रीय राजनीतिले भूमिका खेलेको छ । जनताका ध्यान राष्ट्र विकासभन्दा राजनीतिक पार्टीका उतारचढाबले तान्न थालेको अवस्था छ ।
पर्यटन जहिले पनि परिवर्तनशील कुरा हो । पर्यटन व्यक्तिको स्वाभाव चाहना र आवश्यकताजस्तो मनोविज्ञान विषयले प्रभावित हुन्छ । समय, काल र परिस्थिति अनुरूप पर्यटनमा अवयव हुने हुँदा त्यही अनुरूप यसको गतिविधिहरू अवलम्बन गरिनुपर्छ । हिजो आउने पर्यटकहरू एउटा झोलामा लुगा र क्यामेरा लिएर आउथे भने आज उनीहरूसँग आधुनिक उपकरणहरू हुन्छन् । उनीहरूले हेर्न देख्न चाहेकोभन्दा बढ्दा हामीले देखाउन सकेमा उनीहरूको गन्तव्य सयम लम्बिन सक्छ । एउटा माध्यमको रूपमा हामीले दिएको कुरा प्रचार गर्न उनीहरू स्वयं लागिरहेका हन्छन् । यसकारण एउटा पर्यटकको मनोविज्ञान बुझ्न सकेमा देशमा अरु पर्यटक आउने बाटोहरू खोलिने गर्छन् । यसरी आउने पर्यटकहरू एकदम नयाँ हुनेहुँदा उनीहरूलाई नयाँ अवलोकन र अनुभव दिने कुराहरू केलाउन सक्नुपर्छ । अब गर्ने पर्यटन विकास भनेको विदेशी मुद्रा आर्जनसँग मात्र केन्द्रित नरही दिगो पर्यटनलाई टेवा पुग्ने किसिमको हुनुपर्छ । थोरै पैसा खर्च गर्ने पर्यटकहरू पनि त्यतिकै महत्वपूर्ण हुन्छन् । उनीहरू यहाँ कति दिन रहन्छन्, स्वतन्त्र सुरक्षित र सौहाद्र्र वातावरणमा रहने व्यवस्था गरिनुपर्छ ।
टाढा देबाट यहाँ घुम्न आएकाहरूलाई मनोरञ्जन दिने हामीसँग प्रशस्त उपायहरू छन् । पर्यटकलाई गाउँ गाउँ, बस्ती बस्ती घुमाउने हो भने सेतो कालो सबै छालाका विदेशी अनुहार हेर्न लालायित हाम्रा गाउँलेहरूको हँसिलो अनुहारमा जुन विविधता छ त्यो नै हाम्रो पर्यटकको जीवित दृष्य हो । हामीले यसैलाई बिसन्छौँ । हिमालका शेर्पा पहाडका जनजाति र तर्राका अनेक जात जातिका विविध अनुहारले नेपाली मौकिता कसरी बनेको छ भन्ने जिज्ञासा जगाउने काम हुन सकेको छैन । पर्यटनको क्षेत्रमा हामी सँ्धैँ हिमाल र पहामा मात्र केन्द्रित रहेका छौँ ।
विश्वको भूगोलमा नेपाल कहाँ छ ? दुई ठूलो राष्ट्रबीचमा च्यापिएर एउटा सानो स्वतन्त्र देश रहनु यो आफैँमा कति ठूलो कौतुहलको कुरा हो । एकपटक भूगोलमा नेपाल भन्ने देशका बारेमा थोरै मात्र बुझेपनि जो कोहीलाई यसबारे ठूलो जिज्ञासामा सुरु हुन्छ । यसैलाई बुझाउन सकेका छैनौँ हामीले । त्यही सानो स्वतन्त्र देशमा विश्वकै ठूलो सगरमाथा र बुद्धको जन्मस्थान नेपालमा छ । यही कुरा अझ विकसित राष्ट्रमा भएको भए हामी कतिपय आफैँ त्यस देश हेर्न जाने सपना देख्थ्यौँ होला । यी कुरा हामीसँग छ, हामील्े गर्व गर्नुभन्दा अरु केही गर्न सकेनौँ । भाग्यले दिएको मिठोफललाई हामील्े हेरेर मात्र सन्तुष्ट लिइरहेका छौँ । कहिलेकाहीँ विवादमा मुछिने गौतम वुद्धको जन्मथलो लुम्बिनीका बारेमा हामी आफैँले प्रचार गर्न सकेका छैनौँ । योभन्दा बाहेक पर्यृटनका थुप्रै सम्भावना हामीले केलाउन सकेका छैनौँ ।
सन् १९८० मा एउटा विदेशील्े रिभर र्‍याफ्टिङको अवधारणा दिएपछि मात्र वाटर टुरिज्ममा हाम्रो ध्यान जान थालेको हो । चालिस वर्षअघि एउटा विदेशीले चितवनमा टाइगर्स टप होटल खोलिदिए पछि त्यसलाई पछ्याउने कामहरू भए । सन् १९७० मा जिमी रबर्ट भन्ने एउटा विदेशीले यहाँ ट्रेकिङ अफिस खाृेलिदिए पछि हामी त्यस्तै व्यवसायमा लाग्न थाल्यौँ तर हामीले आफैँले खोजेको पर्यटनका सम्भावनामा अध्ययन ग र्नतिर सम्म लागेनौँ । जे थिए त्यसैमा रमाइरहेका छौँ । जनतालाई जागरुक गर्ने काममा भिजिट नेपाल १९९८ ले ठूलो भूमिका खेलेको बुझिन्छ ।
३६५ दिनसम्म रेडियो नेपालका प्रचार र गाउँगाउँसम्म पुगेको राजनीतिक दबाबले समेत जनतालाई यसतर्फ उत्प्रेरित गरेको थियो । त्यतिबेला पनि नयाँ अवधारणामाथि अध्ययन नभएका हाृेइनन् तर नेपालमा भएको स्रोत र स ाधनहरूले भ्याएसम्म मात्र त्यसमा कामहरू भएका थिए । त्यसपछि नेपाली भूमिमा भएको राजनीतिक जनयद्धले पर्यटन विकासका कुनै पनि राम्रा काम हुन सकेनन् । देशमा शान्ति सुरक्षाको प्रत्याभूति दिन सकेन सरकारले । त्यसकारण यो क्षेत्र विगत १२ वर्ष धराशायीअवस्थामा रह््यो । अहिले सरकारले ल्याएको यो अवधारणालार्य केलाउँदा नयाँ कुरा यसमा तराईलाई समेट्ने प्रयास गर्नु निकै राम्रो पक्ष देखिन्छ । तराईमा पर्यटनको सम्भावना देखेर नयाँ गन्तव्यका रूपमा तराईमा व्यवस्थित पर्यटन विकासका योजना बन्नु पर्यटन किासका लागि ठूलो काम हो ।
इतिहास हेर्दा थाहा हन्छ । नेपालमा वितेको ६० वर्ष देखि एउटै कुरामा पर्यटन विकास खोजिएको छ । हामीसँग भएका कुराहरू देखाउने काम बाहेक अरु कुरामा हाम्रो ध्यान जान सकेन । हिमाल, बुद्ध, लुम्बिनी, पशुपति, साँस्कृतिक झाँकी, पुरातत्वीक वस्तु स्थान र अवस्थासँग पर्यटकलाई परिचित गराउने कुराबाट अलिकति भए पनि माथि उठेको कुरा अहिले साहसिक खेलहरू हुन् । यसलाई नयाँ अवधारणा भन्न सकिँदैन तर यो सिकेर, देखेर नेपाल भित्रिइनु ठूलो कुरा भएको छ। यहाँको मौसम र वातावरण ध्यानमा राख्दै हामीसँग भएका सम्भावनाहरू केलाउने कामहरू हुन थालेका छन् । सम्भावना केलाएर मर्यटन उद्योग विस्तार गर्ने कामले व्यापकता पाउन थालेको केही वर्ष भएको छ ।
एउटा ठाउँमा केन्द्रित पैसा अन्यतिर छर्नका लागि पर्यटन विकास आवश्यक छ । यस कारण काठमाडौँको पैसा कर्णालीमा पुर्‍याउन कर्णालीमा मर्यटन उद्योग सुरु हुनुपर्छ । गरिबी र अमिरबीबीचको खाल्डो पुर्ने एउटा माध्यम हो पर्यटन । पर्यटन विकासका नयाँ कुराको खोजी गर्न जनतालार्य उत्प्रेरित गर्ने काममा सरकार चुको छ । मुस्ताङमा स्याउ फल्छ, इलामको चिया प्रसिद्ध छ। भोजपुरको खुकुरी र सुदुर पश्चिमको डृडा नाच सबै काठमाडौं ल्याउने प्रयास गर्छ सरकारले । तर त्यस ठाउँमा यसको संरक्षण र प्रवद्र्धनका बारेमा सोच्दैन । सुविधाोगी राजनीतिक दलका नेता र अल्छी कर्मचारीतन्त्रले क्षेत्रीय विकासका कुरामा ध्यान दिन नसक्दा पर्यटन क्षेत्रमा सम्भावना हुँदाहुँदै चुनौति निम्त्याई रहेका छन् । पर्यटन विकास आशालाग्दो क्षेत्र हो । यसमा प्रशस्त सम्भावनाहरू छन् । तर चुनौतिको सामना गर्ने अवस्था अझै छ । यसकारण चुनौतीका साथ आएको यो उ्त्सव अर्थात टार्जेट टुरिज्मले यसको सान्दर्भिकता खोज्न सक्छ भन्ने कुरामा विश्वास गर्ने ठाउँ रहेको छैन ।
सन् १९९० अघि नेपालमा आउने पर्यटकहरू अध्ययन अनुसन्धान गर्न हिमाल शृंखला हेर्न र धार्मिक उदेश्य लिएर आउने गरेको अवस्थाबाट आजका दिनमा उनीहरू स्वयंसेवी बनेर आउने क्रममा नेपाल रोज्न थालेका छन् । हुन त नेपालमा सन् १९९० पछि बहुदलीय शासन व्यवस्था सुरु भएकाले नागरिकको स्वतन्त्रलाई बढी प्राथमिकता दिन थालियो । त्यसपछि गैरसरकारी संस्थाहरूको सेवा र विकासका क्षेत्रमा काम गर्न थालेपछि विदेशी सहयोगीहरूको नेपाल आउनेक्रम एकाएक वृद्धि भएको पाइन्छ । अनेक बहानामा नेपाल आउने पर्यटकहरूको संख्या यति नै हो भनेर किटान गर्ने कुरामा सरकारको संयन्त्रले काम गर्न सकेको छैन ।

प्रतिक्रिया