लोकतान्त्रिक शक्तिलाई जिताऔँ : महत

भक्तपुर, २७ कात्तिक । नेपाली कााग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले लोकतान्त्रिक संविधान बनाउन लोकतान्त्रिक शक्तिलाई निर्वाचित गराउनुपर्ने बताएका छन् । नेपाली काग्रस बालकोट गाउ समितिले मंगलवार आयोजना गरेको चुनावीसभामा उनले लोकतान्त्रिक शक्ति निर्वाचित भएमात्रै संविधानसभाबाट संविधान बन्ने तर्क गरे ।

मंसिर ४ को निर्वाचन संविधान बनाउनका लागि हुन लागेकाले उम्मेदवारको अनुहार हेरेरभन्दा पनि पार्टी हेरेर मतदान गर्नुपर्नेमा उनले जोड दिए । उनले भने लोकतान्त्रिक संविधान बनाउन लोकतान्त्रिक शक्ति नै चाहिन्छ । एमाओवादीले जातजाति र क्षेत्र विभाजन गरेर द्वन्द्व फैलाउदै राजनीतिमा टिक्ने माध्यम बनाएको आरोप लगाउदै महतले भने—“एमाओवादी निरङ्कुश र एकदलीय शासन चाहन्छ, संविधान चाहादैन, प्रचण्ड र बाबुराम अब फेरि प्रधानमन्त्री बन्न नसक्ने भएपछि जातजातिमा खेल्न थालेका छन् ।” नेता महतले लोकतान्त्रिक कित्तामा नउभिएसम्म एमालेलाई विश्वास गर्न नसकिने धारणा राखे ।
राप्रपा नेपालप्रति समेत आक्रामक बन्दै महतले हिन्दुधर्म बचाउछु भन्ने र राजालाई फिर्ता ल्याउछु भन्ने अभियानमा लागेको राप्रपा नेपालकै कारण राजतन्त्र समाप्त भएको टिप्पणी गरे । कार्यक्रममा नेपाली काग्रेस भक्तपुर क्षेत्र नं २ का उम्मेदवार रामेश्वर ढुङ्गेल, पूर्वसांसद लेखनाथ न्यौपाने, काग्रेस भक्तपुर जिल्ला सभापति गणेशमान चक्रधर, कवीर राणालगायतले पनि मन्तब्य राखेका थिए ।

प्रतिक्रिया