कैलाली २६ कात्तिक । नेकपा–माओवादी सहित ३३ दलिय मोर्चाले आइतबार गरेको बन्दले कैलाली दिनभर आतङ्कित भएको छ । कैलालीका विभिन्न चार स्थानमा बम भन्दै राखिएका शंकास्पद वस्तुले सर्वसाधरण त्रसित भएका थिए ।
नक्कली बम राखेर आतङकित पारेको भन्दै जिल्लाका विभन्न ठाउबाट शंकास्पद पााचजनालाई पक्राउ गरी छानबिन भइरहेको कैलाली प्रहरी प्रमुख एसपी मोहनराज जोशीले बताए । उनले पक्राउ परेकाहरूको बारे छानबिन भइरहेको भन्दै नाम भने खुलाउन चाहेनन् ।
एमाओवादी नेता कैलाली क्षेत्र नंम्वर ५ का उम्मेदवार लेखराज भट्टको अत्तरियास्थित घरको घर परिसर, धनगढीको मुख्य सडकमा रहेको सेतो पुलको बीच भागमा, गेटामा रहेको अवस्थी राइस मिलको परिसरमा र टीकापुरमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चारवटै ठाउमा राखिएका ति शंकास्पद वस्तुहरू सेनाका डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । रेडबुलको डिब्बामा बालुवा राखी बाहिर रातोकपडाले बेरेर टेप लगाएर उक्त शंकास्पद वस्तु राखिएको प्रहरीको भनाइ छ । प्रहरीकाअनुसार बम जस्तै देखिने उक्त वस्तु कसले राखेको हो भन्ने खुल्न सकेको छैन् ।
सार्वजनिक ठाउमा बमजस्तो गरी राखेका ती शंकास्पदवस्तु चुनावविरोधी माओवादीसहितको मोर्चाले राखेको हुनसक्ने प्रहरीको अनुमान छ । आमहड्ताल घोषणा गर्ने माओवादीसहितको मोर्चाका कुनै पनि नेता तथा कार्यकर्ता बजारमा देखिएका थिएनन् । उनीहरू लुकेर वसेको सम्भावित ठाउाको खोजीकार्य गरेपनि भेटाउन नसकेको प्रहरी ले बताएको छ ।
घोषीत आमहड्तालका कारण आइतबार कैलालीको धनगढी, अत्तरिया, टीकापुर बजार तथा शैक्षिक संस्था, लामो तथा छोटो दूरीको यातायात, बैकिङ सेवा, उद्योग, कलकारखाना ठप्प भएका थिए ।
प्रहरीले सुरक्षा दिन तयार रहेको भन्दै यातायात सेवा तथा पसल खोल्न आग्रह गरेपनि माओवादीको डर त्रासले पसल र यातायात सेवा बन्द नै थिए । धनगढीमा छिटपुटरूपमा रिक्सा, साइकल र मोटरसाइकल भने सञ्चालन भएका थिए ।
यातायात नचल्दा चुनावका लागि भनेर भारतबाट आएका सयौं मतदाता तथा अन्य सर्वसाधरणहरू गन्तब्यसम्म जान नपाएर धनगढी बसपार्क र अन्य ठाउमा अलपत्र परेका छन् । अलपत्र परेकाहरूलाई गन्तब्यसम्म पुरयाउन प्रहरीले विभिन्न पहल चालेको एसपी जोशीले बताए ।
उनले बमका नाममा शंकास्पद वस्तु राखेको बाहेक अरु कुनै अप्रिय घटना नघटेको बताए । सुरक्षा निकायका सबै अंग परिचालन भएको भन्दै एसपी जोशीले सवैलाई निर्धक्क भएर हिडडुल तथा दैनिक कामकाज गर्न आग्रह गरे ।
प्रतिक्रिया