काठमाडौं : पाकिस्तानको मोर्यांसगो फिल्मस् ले आयोजना गर्दै आएको ६० सेकेण्ड इन्टरनेशनल फिल्म फेस्टिवलमा यसपाली देखी नेपाल पनि सहभागि हुने भएको छ। विश्वका बिभिन्न १४ देशको सहभागिता रहेको यो महोत्सव २०१४ सुरुवातीमा सम्पन्न हुनेछ।
‘तपाईँको कथा अव संसारले हेर्नेछ’ भन्ने मुल नारा लिएर नेपालको तर्फबाट ओपन स्पेस नेपालले ६० सेकेण्ड इन्टरनेशनल फिल्म फेस्टिवलको जिम्मेवारी लिएको छ। यो महोत्सवको सञ्चार सहकार्यतामा ठुलोपर्दा डटकम रहेको छ । २०१३ को डिसेम्बेर अन्तिम सम्ममा नेपाली चलचित्रहरू महोत्सवमा सहभागिताको लागि पठाई सक्न पर्नेछ । यो महोत्सवबाट फिल्म बनाउन ठूला क्यामरा अनि नाम चलेका स्टार नै चाहिन्छ भन्ने धारणा परिवर्तन हुने उक्त महोत्सवका कन्टी्र डाइरेक्टर अब्दुस मियाँले बताए । ‘मोबाइल, अनि कुनै पनि क्यामराबाट उत्कृष्ट फिल्म बनाउन सकिन्छ भन्ने सोचका साथ नेपाल लगायत बिभिन्न १४ देशमा ६० सेकेण्ड ईन्टरनेशनल फिल्म फेस्टिबल हुंदै छ’ मियाले बताए ।
यो महोत्सवमा सहभागि हुनका लागि १ मिनेटको चलचित्र बनाउनुपर्नेछ। जुनसुकै क्यामेराले जुनसुकै फम्र्याटमा पनि चलचित्र खिच्न सकिनेछ । चलचित्र बनाउन केहि क्षेत्रहरू पनि छुट्टाईएको छ । जसमा, द्वन्द, प्रजातन्त्र, जातिय सद्भाव, पानी, सृजनात्मक, शान्ति, साइन्स फिक्शन, व्यंग्य, वातावरण, देशका रंगहरू, सहिष्ण्ता आदि विषय रहेका छन् । चलचित्रलाई सिधै ईमेलमा चलचित्र पठाउन सकिनेछ । (सौस)
प्रतिक्रिया