पाँच हलिउड फिल्मबाट चोरियो ‘क्रिस–३’

kayaकाठमाडौं : ऋतिक रोशनको पछिल्लो बहुचचिर्त चलचित्र ‘क्रिस ३’ले बक्स अफिस रेकर्ड तोड्न सफल रह्यो। सात दिनमै २०३ करोड कमाउन सफल यो चलचित्र दर्शकसँगै समिक्षक सामु पनि रुचाईएको छ । यति हुँदाहुँदै पनि ‘क्रिस ३’ चोरीको आरोपबाट अछुतो रहन सकेन । दृश्य तथा संवाद चोरी हुनु सामान्य भइसकेको छ तर यो चलचित्रको बढि भएको हल्लाले सबैको नजर पर्न गएको छ ।
नेपाली चलचित्रमा वलिउडको प्रभाव परेझैँ वलिउडका निर्माता निर्देशकको पनि एउटा कमजोरी छ । अधिकांश चलचित्रहरू हलिउड चलचित्रबाट प्रेरित पाईन्छन् । खासगरी जब सुपरहिरो अथवा साईन्स फिक्सन चलचित्र बनाईन्छ तीनमा कहिँ न कहिँ हलिउडबाट तानिएका दृश्य भेटिन्छन। ‘क्रिस ३’ मा पनि यहि कमजोरी उजागर भएको छ। चलचित्रमा रहेको मानवर होस् या क्रिसको एक्शन हलिउड चलचित्रबाट भित्रयाईएका छन्। फिल्मका अधिकांश भिलेनको एक्शन र स्वरूप हलिउडसँग मिल्छन्। पोस्टर समेत यो मामलाबाट अछुतो छैन। (सौस)

प्रतिक्रिया