चलचित्र विकास बोर्डको भ्यानमा आगजनी

काठमाडौं : अज्ञात समूहले आइतबार चलचित्र विकास बोर्डको भ्यानमा आगजनी गरेको छ । मुख छोपेर आएको चार जनाको समुहले सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर भ्यानमा आगजानी गरेको थियो ।
बोर्ड परिसरमा पाकिर्ङ गरिराखिएको बा १ ज ६३३६ नम्बरको भ्यानमा आगजानी गरेको हो । आगालागीबाट भ्यानको पछाडीको भागमा क्षती पुग्नुका साथै सिसाहरू फुटेका छन् । सो घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । (सौस)

प्रतिक्रिया