माओवादीद्वारा जग्गा कब्जा

धनगढी : नेकपा–माओवादीका कार्यकर्ताहरुले कैलालीमा अमृत स्वाारको ६५ बिगाह जग्गा कब्जा गरेका छन् ।
शोसक सामन्त भएको आरोप लगाउदै भजनी गाविस ९ का स्वाारको जग्गा शनिबार कब्जा गरेका हुन् । नेकपा–माओवादी क्षेत्र नंम्वर ३ का संयोजक शेरबहादुर देउवाको नेतृत्वमा गएको माओवादी कार्यकर्ताको समूहले जग्गामा झण्डा गाडेर कब्जा गरेको घोषणा गरेका थिए । शोसक सामन्तीहरुको जग्गा कब्जा गरेर भूमिहीन सुकुम्वासीलाई वितरण गर्ने उद्देश्यले जग्गा कब्जा गरेको संयोजक देउवाले बताए ।
जग्गा कब्जा बारे आफूलाई केही थाहा नभएको कैलालीका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले बताएका छन् । लेखकले नेकपा–माओवादीका नेता कार्यकर्ताले आफै जोगिन समस्यामा रहेको बेला जग्गा कब्जा गरे भन्नुमा कुनै पनि सत्यता हुन नसक्ने बताए । (सौस)

प्रतिक्रिया