३३ दलीय मोर्चाको आमहड्ताल एक दिन मात्रै

maobadisकाठमाडौं, २४ कात्तिक । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले भोलि (सोमबार) देखि गर्ने भनेको पूर्व घोषित आमहड्ताल र बन्दको कार्यक्रममा हेरफेर गरेको छ ।

काठमाडौंमा आज (आइतबार) बसेको मोर्चाको बैठकले आन्दोलनका कार्यक्रममा हेरफेर गर्ने निर्णय गरेको हो । बैठक पछि आयोजित पत्रकार सम्मेलनमा नेताहरुले भोलि कात्तिक–२५ गते एकदिन मात्रै आमहड्ताल गर्ने निर्णय भएको जानकारी दिए ।

संविधानसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको नेकपा–माओवादीले चुनाव बिथोल्न दश दिने बन्द र आमहड्तालको घोषणा गरेको थियो । आमहड्ताल र बन्दको बिरोध भए पछि मोर्चाले आफ्नो पूर्व निर्णयमा केही हेरफेर गरेको हो ।

३३ दलीय मोर्चाले कात्तिक–२६ देखि मंसिर–५ गते सम्म सवारी साधन मात्र बन्द गर्ने निर्णय गरेको छ । सो अवधी भरिका कार्यक्रमलाई सशक्त बनाउने निर्णय पनि मोर्चाको छ ।

मोर्चाले एम्बुलेन्स, प्रेस तथा कुटनीतिक नियोगका सवारीसाधन चल्न पाउने छन् । त्यसै गरी उद्योग कलकारखान, शिक्षण संस्था बजार पसललगायत अरु सबै यथावत रुपमा सञ्चालनमा आउने पनि मोर्चाले जनाएको छ ।

प्रतिक्रिया