जिया खानको हत्या : रिपोर्ट

Jiya-Khanभारतीय अभिनेत्री जिया खानको हत्या भएको हुन सक्ने आशंका फरेन्सिक रिपोर्टमा देखिएको छ । सो रिपोर्टमा अप्राकृतिक रूपमा मृत्यु भएको देखिएपछि परिवार स्रोतले जियाको मृत्युको विषयमा पुन: छानबिन गर्न माग गरेको छ । गत जुन ३ तारिखमा आफ्नो जुहु अपार्टमेन्टमा जिया मृत फेला परेकी थिइन् । प्रारम्भिक अनुसन्धानमा जियाले आत्महत्या गरेको प्रहरीले अनुमान गरेको थियो । तर उनका परिवारले भने जियाको हत्या गरेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया