सुदूरपश्चिममा पर्यटनको सम्भावना उच्च

धनगढी, २४ कात्तिक । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेका पर्यटकीय क्षेत्र र स्थानीय उत्पादनलाई प्रबद्र्धन तथा बजारीकरण गर्नसके यस क्षेत्रको आर्थिक विकास हुने एक कार्यक्रमका सहभागीले बताएका छन् । धेरै पर्यटकीय क्षेत्र तथा यहााका वनजंगलमा प्रशस्त मात्रामा पाइने जडिबुडीको प्रचारप्रसार गरी बजारीकरण गर्न सके सुपले चााडै आर्थिक विकासमा फड्को उनीहरूको भनाइ थियो ।

जिआइजेड नामक अन्तर्राष्ट्रिय गैससको सहयोगमा कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको ‘सुदूरपश्चिममा आर्थिक विकास’ सम्बन्धी गरेको क्षेत्रीय कार्यशाला गोष्ठीमा सहभागीहरूले उक्त कुरा बताएका हुन् । कार्यक्रममा सहभागीहरूले सबै जिल्लामा अलगअलग कार्यक्रम गरी डुब्लिकेसन भइरहेकोले अब सरोकारवालाहरूले एकआपसमा समन्वय गरी यस क्षेत्रको समग्र आर्थिक विकासका लागि एकीकृतरूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने आयोजकलाई सुझाएका थिए ।
प्रचारप्रसारले मात्र केही नहुने भएकोले पूर्वाधार निर्माण र अन्य कुराका लागि स्थानीयस्तरमै जाग्नसके यस क्षेत्रको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने र सधौ केन्द्रीय राज्यसत्ताबाट पछि पारिएको यस क्षेत्रको आर्थिक विकासका लागि राज्यको ध्यान केन्द्रीत गर्न ठोस कार्यक्रम ल्याउन आवश्यक रहेको सहभागीको भनाइ थियो । कार्यक्रममा पर्यटन ब्यवसायी तथा कैलाली उद्योग वाणिज्य संघका सल्लाहकार सञ्जय चौधरीले देशकै सबैभन्दा बढी जडिबुटीको भण्डार रहेको सुदूरपश्चिममा क्वारेन्टाइन चेकपोस्ट नहुनुले ठूलो समस्या परेको बताए । उनले, ‘धनगढीमै क्वारेन्टाइन चेकपोष्ट भए जडिबुटी निकासीबाटै आर्थिक विकासमा टेवा पुग्ने छ,’ भने । हाल महेन्द्रनगरस्थित गड्डाचौकीमा क्वारेन्टाइन चेकपोस्ट भए पनि भारतीय पक्षले महाकालीमा रहेको पुललाई पूरा समय नखोल्ने तथा नेपालगञ्ज लिन झन्झटिलो हुने भएकाले पनि सुपको आर्थिक विकासमा समस्या परेको चौधरीले बताए । यसक्षेत्रको आर्थिक विकासका लागि विशेष आर्थिक क्षेत्र घोषणा, सुख्खा बन्दगाह पर्यटकीय स्थलमा भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने बताउादै चौधरीले सुपको आर्थिक विकासका लागि परनिर्भरता होइन् आत्मनिर्भर हुनुपर्ने बताए ।
त्यस्तै, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक लोक विष्टले धनगढी सुदूरपश्चिमकै मुटु र बढी बजार भएको क्षेत्र हुादा धनगढीको विकास गर्नसके सुदूरपश्चिमका अन्य जिल्लामा स्वत: आर्थिक विकास हुने बताए । कैलालीमा भएका तालतलैयामा माछा खेती गर्दा ७५ रै जिल्लामा माछा पुग्ने उहााको तर्क थियो । यसका लागि राज्यले ठोस निर्णय ल्याउनुपर्ने बिष्टले बताए । स्थानीय शान्ति समिति कैलालीका संयोजक बीरबहादुर जेठाराले राज्यले गर्नुपर्ने काम नीजि क्षेत्रले गर्नुपरेको बताउादै अब सम्भावनाको सुदूरपश्चिमको आर्थिक विकासका लागि सरोकारवाला र राज्यको भूमिका के हो छुट्टयाउनुपर्ने बताए ।
यो क्षेत्र प्राकृतिकरूपमा धनी रहेको छ । यसको विकासका लागि अब नीति मात्र होइन सबैको नियत राम्रो हुनुपर्छ जेठाराले भने । आर्थिक विकासका लागि सहजरूपमा फाइदा हुने भनेको विद्युत् र पर्यटन हो । सुदूरपश्चिममा मात्र २२ हजार बढी मेगावाट विद्युत् उत्पादन क्षमता र धार्मिक पर्यटनको बढी सम्भावना रहेकाले यसलाई प्रचारप्रसार गर्न सके छोटो समयमा नै सुपमा आर्थिक विकास हुने कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश भण्डारीले बताए । यसैगरी सोही कार्यक्रममा कैलाली भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत शिव भण्डारीले वैदेशिक लगानी नभित्रयाउादासम्म आर्थिक विकासको सम्भावना नहुने भएकोले बैदेशिक लगानी भित्रयाउन तर्फ लाग्न आग्रह गरे । आर्थिक विकासका लागि शान्तिसुरक्षाका साथै स्थानीयस्तरमा विभिन्न पकेट क्षेत्र घोषणा गरेर प्रबद्र्धन र बजारीकरण गर्नुपर्ने अधिकृत भण्डारीले बताए । कार्यक्रममा धनगढी नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले आर्थिक विकासका लागि सबैसाग सहकार्य र समन्वय गरी नगरपालिकाको वार्षिक कार्ययोजनामा समेटेर कार्यान्वयन गर्ने प्रतिबद्धतता ब्यक्त गरे ।
सुदूपश्चिममा अपी, साइपाल हिमाल, खप्तड, बडिमालिका, घोडाघोडी ताल, शुक्लाफााटा, सुर्मासरोवर ताल, रामरोशन, अमरगढी किल्ला लगायतका दर्जनौं प्राकृतिक सम्पदा रहेका छन् ।

प्रतिक्रिया