आइपिएम पद्धतिबाट अदुवाखेती

इलाम : गानो कुहिने रोगका कारण जिल्लाका धेरै स्थानमा अदुवाखेती कम हुँदै गएपनि इलामको पश्चिमी धुसेनी गाविसका किसान समूहमा आबद्ध भई अदुवाखेतीमा आकर्षित भएका छन् ।
आइपिएम पद्धतिबाट लालीगुरँँस कृषि तथा खाद्यान्न कृषक समूहमार्फत किसानले बढी आम्दानी गरेका हुन् । असल कृषि अभ्यास कृषि पाठशाला नामको एक उपसमूह गठन गरी उन्नत मानिएको मकवानपुरे र स्थानीय जातको दुवै गरी पाँच मन (४० किलोको एक मन) पाँच मन अदुवाखेती गरेका थिए ।
समूहले गरेको अदुवाखेतीमा हालसम्म कुनै रोग नदेखिएकाले अदुवाको व्यावसायिक खेतीतर्फ यहाँका किसान आकर्षित भएका हुन् । समूहमा हाल ३० सदस्य छन् । आइपिएमकै पद्धतिबाट उनीहरूले अदुवाखेतीसम्बन्धी मासिक दुई पटक अदुवा खेतीसम्बन्धी तालिमसमेत लिने गरेका छन् ।
०६२ मा जिल्ला कृषि विकास कार्यालयले समूह स्थापना भएको क्षेत्रलाई अन्नबाली पकेट क्षेत्र घोषणा गरेको समूहका अध्यक्ष राजेन्द्र कार्कीले बताए । कार्कीका अनुसार थोरै लगानीबाट सुरू गरिएको समूहबाट राम्रो फाइदा भएको छ । अदुवाको माउ झिकेर एक लाख रुपियाँभन्दा बढी फाइदा भएको समूहले जनाएको छ । समूहमार्फत गहुँ, मकै, धानलगायतका अन्नबालीको बीउ उत्पादन गर्ने र उत्पादन भएपछि कृषि विकास कार्यालयले नै उचित मूल्यमा खरिद गरेर लैजाने गरेको उनले बताए । (सौस)

प्रतिक्रिया