काठमाडौं, २३ कात्तिक । राष्ट्रपति डा. रामवरण यादव छठ पर्वको उपलक्ष्यमा उपराष्ट्रपति परमानन्द झाले आयोजना गरेको चियापान समारोहमा सरिक भए । उपराष्ट्रपतिको कार्यालय कान्तिपथमा शुक्रबार आयोजित सो समारोहमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, मन्त्रिगण, संवैधानिक निकायका पदाधिकारी, विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख र विभिन्न मन्त्रालयका सचिवको उपस्थिति थियो । चियापान समारोहमा उद्योगपति, कलाकार, पत्रकार र समाजका विभिन्न पेसामा आबद्ध व्यक्तिहरुको पनि सहभागिता थियो । समारोहमा उपराष्ट्रपति झाले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदै सद्भावना पर्वको रूपमा मनाइने यो पर्वले धेरै हदसम्म मधेस र पहाडलाई जोडेको बताए । देशवासीहरू एक आपसमा मिलेर ४ मंसिरमा हुने संविधानसभा निर्वाचन सम्पन्न गरून् र असल देश हााक्ने नेताहरूको हातमा शासन जाओस् भन्ने कामना पनि उनले गरे ।
प्रतिक्रिया