कांग्रेसले अनर्गल प्रचार गरेको छ : सुप्रभा

काठमाडौं, २३ कात्तिक । नेपाली कांग्रेस परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका सुप्रभा घिमिरेले आफूविरुद्ध अनर्गल प्रचार भइरहेको आरोप लगाएकी छन । शुक्रबार पत्रकार सम्मेलन गरी उनले यस्तो आरोप लगाएकी हुन् । उनले आफूलाई दुई चार दिनमै अमेरिका जाने मान्छेलाई किन भोट दिनु हुन्छ ? भनेर कांग्रेसले छुद्र प्रचार काग्रेसको भन्दै त्यसको भ्रममा नपर्न पनि आग्रह गरेकी थिइन् । ‘समानुपातिकबाट उम्मेदवार बनाउदा बनाउदै मात्तिएर बुढीले बागी उम्मेदवारी दिएको भन्दै मलाई गलत प्रचार गरिएको छ,’ उनले भनिन्, ‘त्यस्तो भ्रममा कोही नपर्नु होला ।’ उनले आफू जवानीमा जाने हैसियत हुादाहुादै पनि अमेरिका नगएको स्मरण गराउदै अहिले बुढेसकालमा जानको अर्थ नभएको भन्दै त्यस्तो आरोपको पनि खण्डन गरिन् । घिमिरेले आफूलाई पार्टीले षड्यन्त्रपूर्वक अन्याय गरेको र पार्टीमा लागेपछि महिला विभेदसहितको हिंसा भएको आरोप लगाउदै महिला भएर राजनीतिमा बाँच्न साह्रै गाह्रो हुने गरेको अनुभव सुनाइन् ।

उनले आफ्नो क्षेत्रका कांग्रेसका उम्मेदवार गगन थापाप्रति लक्षित गर्दै केही दिनअघि ३ लाख र अस्ती मात्रै ५ लाख रुपिर्या वितरण गरेको सूचना आएको दाबीसमेत गरेकी थिइन् । उनले बाहिर आएजस्तो आफूलाई कांग्रेसको कुनै पनि खेमाले नसघाएको र आफू एक्लै निर्वाचन अभियानमा रहेको भन्दै एक्लो मान्छे सबै ठाउँमा पुग्न नसक्ने भएकोले मिडियामार्फत भोट हाल्न आग्रह गर्न आफू पत्रकार सम्मेलन गर्न आएको बताए ।

प्रतिक्रिया