काठमाडौं, २२ कात्तिक । संविधानसभा निर्वाचनमा मतदाता आफ्नो पक्षमा ल्याउन एमालेका शीर्ष नेताहरुले पनि चुनावी प्रचार प्रसारको कार्यलाई तिब्रता दिएका छन् ।
अध्यक्ष झलनाथ खनालसहितका शीर्ष नेताहरु आ–आफ्नो चुनावी क्षेत्रमै केन्द्रित रहेर मतदातासँग भेटघाट गर्नुका साथै आफूलाई मत दिन आग्रह गरेको एमालेद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
अध्यक्ष खनाल आज (शुक्रबार) सर्लाहीको क्षेत्र नम्बर १ मा मतदातासँग मत माग्न व्यस्त रहेका छन् । खनाल गृह जिल्ला इलामबाट पनि प्रत्यक्षमा उम्मेदवारी दिएका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं–२, नेता केपी ओली झापा–३ लगायतका स्थानमा चुनावी कार्यक्रममा रहेका छन् । नेता नेपालले पुरानो गृह जिल्ला रौतहटमा पनि उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया