इजरायल लैजाादै ‘गोर्खाली छोरी’

काठमाडौ : वैदेशिक रोजगारीको लागि इजरायलमा रहेका नेपाली महिलाहरुको कथामा आधारित डकुड्रामा ‘गोर्खाज् डटर इन इजरायल’ इजरायलबाट नै प्रदर्शनमा आउने भएको छ। आगामी २०१४ जनवरी १० मा इजरायलको तेल अविवमा प्रदर्शन हुनेछ।
नेपाली चलचित्र निर्माता कम्पनी नेचुरल मुभि मेकर्शले सो डकुड्रामालाई तयार पारेको हो। प्रकाश थापा र सुर्य सिम्खडा निर्माता नेहा गुरुङ् सह–निर्माता रहेको सो लघु चलचित्रलाई राजु भण्डारीले निर्देशन गरेका छन्। रत्न कार्की छायांकार हुन् भने मुना ढकाल, सुचित्रा, लिला, स्वस्तिका, निलम आदि कलाकारहरुको अभिनय रहेको छ।
खास गरी इजरायलमा रहेका नेपाली महिला कामदारको यथार्थ कथा ’गोर्खाज् डटर इन इजरायल’मा रहेको निर्माता प्रकाश थापाले बताए। यसको छायांकन इजरायलमा नै भएको थियो । (सौस)

प्रतिक्रिया