बन्द निस्तेज पार्न रेग्मीको निर्देशन

काठमाडौ, २२ कात्तिक । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचनलाई पूर्णरुपमा सफल तुल्याउन उद्योग व्यवसायीहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उच्च सरकारी अधिकारी र उद्योगी व्यवसायीसागको सामूहिक बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई हरतरहले सहयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष रेग्मीले संविधानसभा निर्वाचनको ऐतिहासिक अवसरको पूर्वसन्ध्यामा कुनै किसिमको बन्द हडताल एवम् मतदानमा अवरोध हुने खालका गतिविधि नगर्न पनि सम्बद्ध सबैलाई आग्रह गरेका छन् । जनभावना विपरीतका क्रियाकलापलाई निस्तेज गर्न सम्वद्ध सरकारी पदाधिकारी र निजी क्षेत्रलाई आग्रह गर्दै अध्यक्ष रेग्मीले निर्वाचनलाई लक्षित गरी आम जनताका दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सूचारु राख्न सम्वद्ध सरकारी पदाधिकारीलाई निर्देशन समेत दिएका छन् । जनताको मताधिकारलाई कुण्ठित गर्नु र अस्थिरतालाई सघाउ पुर्‍याउनु ऐतिहासिक भूल हुने धारणा राख्दै अध्यक्ष रेग्मीले त्यस्ता क्रियाकलापको नियन्त्रणका लागि सरकारले सुरक्षाको भरपर्दो र विश्वसनीय वातावरण तयार गरेको वताए । सो अवसरमा अध्यक्ष रेग्मीले ऐतिहासिक घडीमा निजी क्षेत्रले पनि सामान्य क्षतिको पर्वाह नगरी आ–आफ्नो कल कारखाना एवं व्यापारिक प्रतिष्ठान निरन्तर संचालन गर्न र सार्वजनिक यातायात चालु राख्न आग्रह गरे ।

बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरेले सुरक्षा व्यवस्था कलियो र भरपर्दो तुल्याइएकाले र जनताको जीउधनको सुरक्षाका लागि सरकारले तत्काल प्रतिकार्य गर्ने व्यवस्था मिलाएको हुादा निर्वाधरुपमा आवागमन चालु रनख्न सम्बद्ध निजी व्यवसायी एवं उद्यमीलाई आग्रह गरे । उनले कानुन हातमा लिने, जनताको अधिकार कुण्ठित गर्ने तथा निर्वाचनमा अवरोध पुर्‍याउने जो कोहीलाई कारवाही गर्ने दृढता व्यक्त गरे । अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका वाणिज्यमन्त्री शङ्कर कोइरालाले दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज रहेको भन्दै निजी क्षेत्रको साथ र सहयोगमा दैनिक जनजीवनलाई भयमुक्त बनाइने दावी गरे । बैठकमा मन्तव्य राख्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले कुनै पनि प्रकारको बन्द र हडतालको महासङ्घले विरोध गर्ने बताए । नेपाल उद्योग परिसङ्घका अध्यक्ष नरेन्द्र बस्नेतले संविधानसभाको पूर्वसन्ध्यामा हुने बन्द हडताललाई साथ दिन नसकिने भन्दै राष्ट्रिय अभियानलाई साथ दिने बताए । बैठकमा नेपाल यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष विजय स्वार र महासचिव डोलनाथ खनालले पनि सुरक्षा प्रत्याभूति र उचित क्षतिको व्यवस्था गरिदिन सरकारसाग आग्रह गर्दै आफूहरु सार्वजनिक यातायात सञ्चालन गर्न तयार रहेको बताए । नेपाल ट्रक व्यवसायी महासङ्घका उपाध्यक्ष हिरालाल श्रेष्ठले सवारी साधनहरु निर्वाधरुपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा व्यवसायीहरुले सरकारले सुरक्षाको पूर्णत: प्रत्याभूति गराउन र कुनै क्षति भएमा राहत दिन सरकारसाग आग्रह गरेका थिए ।

प्रतिक्रिया