राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं, २२ कात्तिक । राष्ट्रपति डा रामवरण यादवसमक्ष नेपालका लागि नवनियुक्त फ्रान्सेली राजदूत श्रीमती मार्टिन बास्सेर र जापानी राजदूत मासासी ओगावाले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे ।

सो समारोहमा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे, राष्ट्रपति कार्यालयका सचिव शारदाप्रसाद त्रिताल, बलाधिकृत रथी नेत्रबहादुर थापा, निमित्त परराष्ट्रसचिव दीपक धिताल तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया