हत्या आरोपमा एमालेका कार्यकर्ता पक्राउ

Tarun Dalदैलेख, २० कात्तिक । दैलेख जिल्लामा नेपाल तरुण दलका जिल्ला सदस्य नवीनसिंह रानाको हत्या गरेको अभियोगमा प्रहरीले एमालेका चार कार्यकर्ता पक्राउ गरेको छ ।

हत्या अभियोगमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सल्लेरी–३ स्थित रानाटोलमा आज (बुधबार) विहान नवीन मृत अवस्थामा फेला परेका हुन् । आफन्तले घर नजिकै नवीनको शव फेला पारेका थिए ।

तिहारको टीकाको दिन दिउँसो एमालेका चार जना कार्यकर्तासँग सँगै निस्केका रानाको शव आज विहान घर नजिकै फेला परेको प्रहरी भनाई छ ।

एमाले कार्यकर्तासँग विवाद भएपछि नवीनको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । परिवारको किटानी जाहेरीपछि प्रहरीले एमालेका चारै जनालाई कार्यकर्तालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया