पर्वले सबैलाई राष्ट्रिय मुल प्रवाहमा ल्याएको छ

Sushil-Koiralaकाठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले भाइटीकाको उपलक्ष्यमा सबै नेपालीहरुमा शुभकाना दिएका छन् ।

कोइरालाले सन्देश जारी गरेर शुभकामना दिएका हुन् । यमपञ्चकको पाचौं दिन आज (मंगलबार) घरघरमा भाइटीका लगाईदै छ । ‘भाइटीकाको पवित्र सांस्कृतिक पर्वको सु:खद उपलक्ष्यमा म सम्पूर्ण दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक शुभ–कामना व्यक्त गर्दछु,’ कोइरालाले भनेका छन् ।

नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवं विभिन्न संस्कृति भएको भन्दै कोइरालाले एकले अर्काको भाषा, धर्म र संस्कृतिको आदर र सम्मान गर्ने आफ्नै अति प्राचीन र विशिष्ट परम्परा रहेको बताएका छन् ।

उनले सांस्कृतिक चाडपर्वले सबै नेपालीलाई पारस्परिक सहयोग र सद्भावका साथ राष्ट्रको मूल प्रवाहमा आवद्ध गराएको पनि स्मरण गरेका छन् ।

सभापति कोइरालाले मुलुकका सबै जात, जाती धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय तथा विचारधारा मान्ने नेपाली जनताको व्यापक र सक्रिय सहभागितामा आसन्न संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुन सक्ने उल्लेख गरेका छन् ।

‘स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने जिम्मेवारीका साथ स्थापित गरिएको वर्तमान सरकारले तोकिएको समयमै आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्नेछ,’ सन्देशमा भनिएको छ, ‘मुलुकलाई संक्रमणकालवाट छिट्टै मुक्त गराउनमा सफल हुनेछ भन्ने विश्वास सम्पूर्ण मुलुकवासीले गरेका छन ।’

प्रतिक्रिया