रणनीति बदल्दै माओवादी

maobadiकाठमाडौं, १७ कात्तिक । दोस्रो संविधानसभा चुनाव बिथोल्ने लाइनमा रहेको नेकपा–माओवादी आºनो सम्पूर्ण शक्ति ४ मंसिरमा केन्द्रित गर्ने रणनीतिमा लागेको छ । असन्तुष्ट ३३ दललाई साथमा लिई चुनावविरोधी गतिविधिमा उत्रिएको माओवादीले चुनावको मिति ४ मंसिरलाई ‘अर्जुनदृष्टि’ बनाई आन्दोलनका कार्यक्रममा केही हेरफेर गर्दै शक्ति सञ्चयको नीति लिएको पाइएको छ ।

माओवादीले चुनावकै दिनको आन्दोलनलाई अझ प्रभावकारी बनाउन भन्दै विभिन्न तरिकाबाट शक्ति सञ्चयको नीतिअनुरूप क्रियाकलापसमेत गर्न थालेको छ । चुनावविरोधी गतिविधि बढेसँगै सुरक्षाकर्मीले निगरानी बढाएपछि गिरफतारीबाट जोगिन माओवादी नेता अर्धभूमिगत भइसकेका छन् । पश्चिम कमान्डमा रहेका पार्टीसचिव नेत्रविक्रम चन्द केही समयअघि बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लोपटक देखिए । त्यसअघि तथा पछि उनी सार्वजनिक रूपमा देखिएका छैनन् । मध्य–पश्चिम कमान्डको जिम्मा पाएका पार्टीसचिव रामबहादुर थापासमेत केही समययता सार्वजनिक रूपमा देखिएका छैनन् । त्यस्तै, पार्टी उपाध्यक्ष सिपी गजुरेल सार्वजनिक कार्यक्रमभन्दा बाहिरै छन् । राजधानीमा रहेका पार्टी अध्यक्ष मोहन वैद्य भने झल्याकझुलुक्क मात्रै सार्वजनिक रूपमा देखा पर्दै आएका छन् ।
सुरक्षाकर्मीले माओवादी पार्टी कार्यालय तथा सम्पर्क कार्यालयमा छापा मार्ने तथा कतिपय स्थानबाट गिरºतार गर्न थालेपछि पार्टी कार्यालय तथा सम्पर्क कार्यालयमा बस्दै आएका माओवादी नेता तथा कार्यकर्ता कार्यालयमा भेटिन्नन् । पार्टी केन्द्रकै ‘संयमित हुने’ निर्णयअनुसार आफूहरू पार्टी कार्यालयमा बस्न छाडेको एक कार्यकर्ताले बताए ।
धमाधम माओवादी नेता तथा कार्यकर्ता भूमिगत भएसँगै सर्वसाधारणमा भने त्रास फैलिएको छ । पार्टीसचिव देव गुरुङले भने केही दिनअघि मात्र पत्रकारसँग आºना नेता तथा कार्यकर्तालाई जबर्जस्ती गिरºतारी तथा मुद्दा चलाउने गरेपछि कुनै ठाउँमा त्यस्तो भए पनि पार्टीको नीति भने अर्धभूमिगत रहने नभएको स्पष्ट पारेका थिए ।
माओवादीले चुनाव बहिष्कारलाई थप केन्द्रित र शक्ति सञ्चित गर्न यही २५ देखि ५ मंसिरका लागि घोषणा गरेको आमहडताल छोट्याउने निष्कर्षमा समेत पुगेको छ । ४ मंसिरमा अवरोध पुर्‍याउने गरी आयोजित आमहडताल लामो भएकाले छोट्टयाउने सोचमा पुगेको एक नेताले बताए । ती नेताका अनुसार नेता तथा कार्यकर्ता पक्राउ पर्दै गए ४ मंसिरसम्ममा आमहडताल फितलो भई चुनाव सफल हुने स्थिति देखिएको छ । ‘त्यसैले आमहडतालको समय छोट्याएर अझ सशक्त रूपमा चर्काउने भन्ने विषयमा सोच्न सकिने अवस्था माओवादीमा छ,’ ती नेताले भने ।
गिरºतारीमा पर्ने त्रासपछि कतिपय क्षेत्रमा भने माओवादी नेता तथा कार्यकर्ताले मोबाइल फोनसमेत परिवर्तन गर्न थालेका छन् । आन्दोलनलाई छामापार शैलीमा सञ्चालन गर्दा अप्ठ्यारो नपरोस् भनेर यस्तो गर्न लागिएको उनीहरू बताउँछन् । माओवादीका केही सक्रिय कार्यकर्ताले भने फेसबुकबाट आºनो फोटोसमेत हटाउन थालेका छन् । सुरक्षाकर्मीको निगरानी बढ्ने संकेत पाएसँगै माओवादीका नेता तथा कार्यकर्ता उच्च सतर्कतामा उभिन थालेका हुन् ।
त्यसो त माओवादीले बन्द–हडताल गर्नेसमेत परिवर्तन गरेर छापामार शैलीमा बन्द हडताल गर्दै आएको छ । पहिलेजस्तो चोक–चोकमा झन्डासहित कार्यकर्ता बस्दा गिरºतारीसँगै शक्ति क्षण हुने देखेर माओवादीले बन्द–हडतालसमेत छामापार शैलीमा गर्दै आएको हो ।
माओवादीले पछिल्लोपटक चुनाव रोकेर राजनीतिक निकास खोज्न आग्रह गर्दै आएको छ । आफूहरूलाई बाहिरै राखेर जबर्जस्ती चुनाव गरिए हदैसम्मको सशक्त प्रतिरोध गरेर निर्वाचन बिथोलेरै छाड्ने उसको नीति रहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया