आचारसंहिता विपरीतका पोस्टर च्यात्न सुरु

Elecatation Commisationकाठमाडौं, १६ कात्तिक । निर्वाचन आयोगले काठमाडौं उपत्यकाभित्र निर्वाचन आचारसंहिता अनुगमन कार्य सुरु गरेको छ । आचारसंहिता विपरीत कार्य रोक्न आयोगले सक्रियता देखाएको हो । आयोगमा कार्यरत कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमन कार्य थालेको छ । आयोगका प्रवक्ता वीरवहादुर राईले तीन तहमा आचारसंहिताको अनुगमन गरिने बताए ।

अनुगमन टोलीले आचारसंहिता विपरीत टाासिएका पोस्टर हटाउने र च्यात्ने कार्य सुरु गरेको छ । टोलीले बिहीबार केशरपुस्तकालय अगाडिको भित्तामा टाासिएको राष्ट्रिय थयार्थवादी पार्टीको चुनाव चिह्न ‘डाफे’ का ५० स्थान पोस्टर च्यातेर फ्यााकिदिएको थियो । उक्त टोलीले लैनचौरमा विद्युत्को खम्बामा राखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाब चिन्ह ‘हलो’ भएको झन्डा निकाल्नुका साथै लैनचौरकै शान्ति विद्यागृह उच्चमाविमा ‘सूर्य’, ‘गोलाकारभित्र हासियाहथौडा’ र ‘हलो’ का ७० स्थान पोस्टर हटाएको थियो ।
भक्तपुरमा खटिएको टोलीले निर्वाचन क्षेत्र नं १ को सुकुलढोकामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको ठूलो आकारको रंगीन पोस्टर झिक्न लगाएको थियो । सल्लाघारीस्थित सिर्जनानगरमा नेपाली कााग्रेसको फ्लेक्स ब्यानर झिक्न लगाएको तथा सडक बीचमा राखिएका झन्डासमेत झिक्न लगाएको थियो ।
त्यसैगरी कोटेश्वर क्षेत्रका सडक डिभाइडरमा एमाले र एमाओवादीका पोस्टर देखिएकाले तत्काल हटाउन टोलीले प्रहरीलाई आग्रह गरेको थियो । प्रवक्ता राईले अनुगमनलाई निरन्तरता दिइने जानकारी दिादै आचारसंहिता विपरीतका कार्य नगर्न दलहरूलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया