चर्चामा एमाओवादीका युवा

nanda kishor pun

नन्दकिशोर पुन

काठमाडौं, १५ कात्तिक । युवाले बुलेट चलाउने मात्रै होइन, ब्यालेटमार्फत पनि क्रान्ति गर्न सक्छन् भन्ने मान्यतालाई आत्मसात् गर्दै एमाओवादीले यसपटकको संविधानसभा निर्वाचनमा उल्लेख्य संख्यामा युवा उम्मेदवारलाई मैदानमा उतारेको छ । सशस्त्र युद्धका दौरान पनि एमाओवादीले युवा शक्तिलाई अग्रपंक्तिमा राखेको थियो । अहिले पनि एमाओवादीले तत्कालीन सैन्य कमान्डर नन्दकिशोर पुनसहित दर्जनाँै युवा नेतालाई चुनावी मैदानमा उतारेको छ । उतिबेला बुलेट बोकेर हिँड्ने युवा अहिले ब्यालेटका लागि जनताको घरदैलोमा नमस्कार गर्न पुगेका छन् । एमाओवादीका उम्मेदवार पनि आफूले जित्नेमा विश्वस्त देखिन्छन् । मृत्युलाई हातमा लिएर युद्ध लडेका माओवादी सैन्य कमान्डरदेखि उदाउँदा युवा नेतालाई एमाओवादीले संविधानसभा निर्वाचनमा अवसर दिएको छ । पूर्वलडाकु कमान्डर नन्दकिशोर पुन (पासाङ), प्रधानमन्त्री डा. बाबुराम भट्टराईका राजनीतिक सल्लाहकारसमेत बनेका देवेन्द्र पौडेल, २७ महिना बेपत्ता बनाइएका विद्यार्थी नेता हिमाल शर्मा, पूर्वलडाकु तथा वाइसिएल नेता गणेशमान पुनलगायत नेता यसपटक चुनावी अभियानमा छन् । नन्दकिशोर पुनलाई यसपटक एमाओवादीले काठमाडौं–४ मा उतारेको छ । सो क्षेत्रमा नेपाली कांग्रेसले पनि युवा नेता गगन थापालाई मैदानमा उतारेको छ । त्यसैले पनि सो क्षेत्रको चुनावप्रति युवाको थप चासो र रुचि छ । नन्दकिशोर पुन रोल्पाको उत्पादन भए पनि हाल उनी क्षेत्र नम्बर ४ अन्तर्गत रहेको कपन गाविसमा बसोवास गर्छन् । पुन एमाओवादी केन्द्रीय सदस्य पनि हुन् ।

काठमाडौं–४ का उम्मेदवार रहेका पुनलाई सोझो, इमानदार र प्रस्ट व्यक्तिका रूपमा उनका साथीभाइले लिने गरेका छन् । ०३६ सालदेखि राजनीतिक यात्रा सुरु गरेका पुन पटक–पटक युद्धको मुखबाट उम्कन सफल भएका थिए । ०५१ सालमा उनीमाथि गोली प्रहार भए पनि बाँच्न सफल भए ।
शिक्षण पेसा पनि अँगालेका पुन जनयुद्धको थालनीदेखि लडाकु दलको कमान्डर हँुदै ०५५ सालमा टास्क–फोर्स कमान्डर र ०५६ मा पहिलो कम्पनीका कमान्डर बने । त्यसपछि बटालियन कमिसार, बटालियन कमान्डर, ब्रिगेड कमान्डर, डिभिजन कमान्डर हँुदै डेपुटी कमान्डर र प्रमुख कमान्डरसम्म भए ।
उनको शिक्षा भने त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमएसम्मको छ ।
अर्का एमाओवादीका युवा उम्मेदवार देवेन्द्र पौडेल (सुनील) पनि चर्चाको केन्द्रमा छन् । काठमाडौं–९ बाट पौडेल प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।
कांग्रेस, एमाले नै आºनो प्रतिस्पर्धी ठान्ने उनी देश संक्रमणकालमा गुज्रिएकाले निर्वाचनले संक्रमणको चुकुल फुस्कने र देश अगाडि बढ्ने विचार व्यक्त गर्छन् । आर्थिक समृद्धि तथा राष्ट्रिय एजेन्डा बोकेको पार्टी भएकाले संविधान सुनिश्चितताका लागि आफूलाई ९ नम्बर क्षेत्रबाट जनताले चुन्ने उनको विश्वास छ । जनताले आफूलाई चुनेर पठाएपछि पनि निरन्तर व्यक्तिगत भन्दा सामाजिक र जनताकै कार्य गरेर अघि बढ्ने उनी बताउँछन् ।
बागलुङ जिल्ला अमलाचौर गाविस–१ मा ०२१ साल पुस २८ गते निम्नमध्यम परिवारमा जन्मिएका उनको बाल्यकाल गाउँमै रह्यो । पौडेलको राजनीतिक यात्रा ०३४ सालमा विद्यार्थी संगठनमा आबद्ध भएपछि सुरु भएको थियो । ३०/३५ वर्षदेखि राजनीतिमै लागेको बताउने उनी जीवनमा पटक–पटक जेल गएका छन् । जनयुद्धका क्रममा उनी दर्जनाँै युद्धमोर्चामा सहभागी भए । नयाँ र आशलाग्दो एमाओवादी उम्मेदवारका रूपमा हिमाल शर्मा पनि हुन् । लामो विद्यार्थी आन्दोलनबाट आएका युवा नेता शर्मा काठमाडौं–६ का उम्मेदवार हुन् । नाम हेमलाल शर्मा भए पनि उनी हिमाल शर्माबाटै परिचित छन् । ०६० सालमा तत्कालीन शाही सेनाले पक्राउ गरी २७ महिनासम्म भैरवनाथ गणमा चरम यातना दिई बेपत्ता बनाइएको थियो ।
काठमाडौं–६ मै आफूलाई बेपत्ता बनाएको, त्यहीँ आफूले रगत–पसिना र आँसु बगाएको तथा सोही क्षेत्रबाट आºना थुप्रै साथीलाई बेपत्ता भएकाले आफू यसै क्षेत्रबाट उम्मेदवार भएको उनी बताउँछन् । एजेन्डाका रूपमा आºना कुनै प्रतिस्पर्धी नै नभएको बताउने उनी प्राविधिक रूपमा भने कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानलाई प्रतिस्पर्धी मान्छन् । सोही क्षेत्रमा एमालेका चर्चित युवा नेता योगेश भट्टराई पनि उम्मेदवार छन् ।
देशभरिका युवा तथा विद्यार्थीको प्रतिनिधित्व गर्दै आफू उम्मदेवार भएको उनको भनाइ छ । माहोल आºनै पक्षमा रहेको भन्दै जित्नेमा उनी विश्वस्त छन् दुई खाले शिक्षाको अन्त्य गर्ने, निजीकरणलाई हटाएर सामाजिकीकरण शिक्षालाई अघि बढाउन लाग्ने तथा नेपाली नागरिकलाई रोजगारी सिर्जना गर्न आफू प्रतिबद्ध भएर लाग्ने उनको भनाइ छ ।
शर्मा नेपाली विद्यार्थर्ी आन्दोलनका एक हस्तीका रूपमा परिचित छन् । निरन्तर २५ वर्ष विद्यार्थर्ी आन्दोलनमा लागेका उनी अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय अध्यक्ष, मुलुकको सबैभन्दा ठूलो र महत्वपूर्ण त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचित स्ववियु सभापति हँुदै पछिल्लोपटक एमाओवादी केन्द्रीय सदस्य पनि भए ।
शर्मा ०४३ सालमा पहिलोपटक १५ वर्षको कलिलो उमेरमा जेल परेका थिए । जनयुद्धको अवधिमा भूमिगत रहँदा ०५८ मा हिमाल शर्मालाई रेडकर्नर नोटिस जारी गरी उनको टाउकाको मूल्यसमेत तोकिएको थियो । ०६० सालमा पक्राउ परेपछि २७ महिना बेपत्ता बनाइएको थियो ।
०६२ मा उनलाई १९ वटा मुद्दा लगाएर नख्खु कारागारमा पुर्‍याइयो । ०६३ मा राजनीतिक निर्णयबाट उनी रिहा भए । शर्माले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नाकोत्तरसम्मको अध्ययन गरेका छन् ।
बागलुङ जिल्ला, कुस्मिसेरा–१ जैमिनिघाटमा बुबा नन्दलाल र आमा देवकला शर्माको कोखबाट ०२८ वैशाख १२ गते ग्रामीण किसान परिवारमा जन्मिएका हुन् । राजनीतिक जीवन सम्झँदै हिमाल भन्छन्, ‘मेरो कुनै पनि स्वार्थ छैन, हजारचोटि मरेर म एकचोटि बाँचेको मान्छे हँु, म जहाँ जे गर्छु, नि:स्वार्थी भावनका साथ गर्नेछु ।’

प्रतिक्रिया