प्रभावकारी भएन निर्वाचन सुरक्षा

Elecatation Commisationकाठमाडौं, १४ कात्तिक । सरकारले दोस्रो संबिधानसभाको निर्वाचनमा भरपर्दा सुरक्षा दिन नसकेका कारण उम्मेद्धारहरु असुरक्षित बन्दै गएका छन् । दैनिक उम्मेद्धारमाथी आक्रमण र उनीहरुले चुनावमा प्रयोग गर्दै आएका सवारी साधनहरुमा आगजनी हुँदै आएपनि सरकारले सुरक्षाको उपयुक्त ब्यवस्था मिलाउन नसकेको आरोप राजनीतिक दलहरुले लगाउन थालेका छन् । सरकारले उम्मेद्धारलाई नै भरपर्दाे सुरक्षा ब्यवस्था गर्न नसकेपछि निर्वाचन शान्तिपुर्ण हुनेमा आशंका जन्मेको छ ।

बुधबार मात्र देशका बिभिन्न स्थानमा उम्मेद्धारले प्रयोग गर्दै आएका आधा दर्जन सवारी साधनमा आगजनी र तोडफोन भएको छ । एनेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल देखि दैलेखका एमाओबादी उम्मेद्धार समेतले आफ्नो चुनावी कार्यक्रम शान्तिपुर्णरुपमा गर्न सकेनन् । एमाओबादी अध्यक्ष दाहाल सहभागि हुने काभ्रे र दोलाखाको कार्यक्रम त्रासमैयरुपमा सम्पन्न भयो । चुनाव बिरोधीहरुले सभा स्थल जाने ठाउमा बम राखिदिएका कारण चुनावी कार्यक्रम त्रासमय बनेका हुन । दाहालको चुनावी प्रचारलाई अवरोध पुर्‍याउने गरी अज्ञात समूहले बम समेत राखेका थिए । लामोसाघु जिरी सडक खण्डको चरंगे खोला नजिक सडकमा राखिएको बम नेपाली सेनाको बम डिष्पोजल टोलीले निस्क्रिय बनाएको थियो । यसअघि सिराहामा पनि दाहालको चुनावी सभालाई लक्षित गरी सकेट बम राएिको थियो । दोलखामा दाहाल जाने भएपछि नेकपा–माओवादीका कार्यकर्ताले यातयात बन्द गराएका थिए । यातायात बन्दका कारण सिन्धुपाल्चोक, काभ्रे र दोलखाको जनजीवन प्रभावित भएको थियो । दाहाललाई अवरोध सिर्जना गर्न माओवादी कार्यकर्ताले अरनिको राजमार्गमा रुख ढालेर आवागनमा अवरोध समेत गरेका थिए ।
त्यस्तै गोर्खामा नेपाली कााग्रेसका नेता तथा प्रचारसंयोजक मिलेन्द्र रिजालमाथी एमाओबादीका कार्यकर्ताले आक्रमण गरेका छन् । एमाओबादी कार्यकर्ताले उनी सवार गाडीमा ढुंङगा मुडा समेत गरेको नेपाली कााग्रेसले जनाएको छ । गोर्खा क्षेत्र नम्बर–१ को बतासे स्थानमा आयोजित चुनावी कार्यक्रममा भागलिन जान लागेका संयोजक रिजालसहितको टोलीमाथी आक्रमण भएको थियो । तीनमाने भञ्ज्याङ्गमा आक्रमण भए पछि एमाओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै, दाङमा एमालेका तर्फबाट उम्मेदवार शान्ता चौधरीको चुनाव प्रचार प्रसारमा प्रयोग गरिदैं आएको जीपमा पनि आगजनी भएको छ । आफ्नै घर अगाडि रोकि राखेको रा १ ज ३६५ नम्बरको जीपमा अपरिचित समूहले मंगलबार राती आगजनी गरेको हो । धनकुटामा पनि कांग्रेस उम्मेदवार आनन्दसन्तोषी राईको जीपमा आगजनी भएको छ । मे १ ज २३७ नम्बरको जीपमा अपरिचित समूहले आगो लगाएर क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । यथास्थितिमा गर्न लागिएको निर्वाचनको विपक्षमा रहेको नेकपा माओवादीका कार्यकर्ताले पांचथरको फलैंया गाविसमा कांग्रेसको चुनावी घर दैलो कार्यक्रममा अवरोध गरेका छन् । नेकपा–माओवादी कार्यकर्ताले कांग्रेस उम्मेदवार नरेन्द्रकुमार केरुङसहितका कार्यकर्तामाथि ढुंगामुढा गरेको कांग्रेसले जनाएको छ । एमाओवादीले नुवाकोटमा नेपाली कांग्रेसको चुनावी कार्यक्रम बिथोल्न नुवाकोटमा बाटोमा खाल्डा बनाएर अवरोधको प्रयास गरेको थियो । क्षेत्र नम्बर–१ चुनावी प्रचार कार्यक्रम विथोल्न एमाओवादीका कार्यकर्ताले बाटोमा खाल्डो खनेर अवरोधको प्रयास गरेको कांग्रेसको मिडिया सेन्टरद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया