कांग्रेस प्रचार विभागका संयोजकलाई आक्रमण

Minendra_Rijal_Nepali_Congrकाठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसको प्रचार प्रसार समितिका संयोजकसहितका सदस्य सवार गाडीमा एकीकृत माओवादीका कार्यकर्ताले गोरखामा आक्रमण गरेका छन् ।

तीनमाने भञ्ज्याङ्ग आज (बुधबार) आक्रमण भए पछि एमाओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप समेत भएको छ ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर समेत गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

क्षेत्र नम्बर–१ को बतासेमा आयोजित आमसभामा सहभागी हुन जाँदै गरेका प्रचार समिति संयोजक डा.मिनेन्द्र रिजालसहितको टोली सवार गाडीमा एमाओवादीका कार्यकर्ताले आक्रमण गरेको कांग्रेसले जनाएको छ ।

गाडीमा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका मुख्य सचिव चिनकाजी श्रेष्ठपनि रहेका थिए ।

एमाओवादीका कार्यकर्ताको ढुङ्गामुडा प्रहारबाट गाडीमा क्षति पुगेको कांग्रेसको आरोप छ ।

प्रतिक्रिया