सुदेशामा च्यारिटी

Ketaकाठमाडौं : सुदेशा हाईस्कुल नख्खु ललितपुरका विद्यार्थीले सडक निर्माण तथा पिच गर्नका लागि मंगलबार च्यारेटी सो आयोजना गरेका छन् ।
विद्यार्थीले च्यारिटी सोमा चेतनामूलक गीत प्रस्तुत गर्नुका साथै वाद्यवादनसम्बन्धी कला पनि प्रस्तुत गरेका थिए । उनीहरूले आकर्षक नृत्य पनि प्रस्तुत गरे । कार्यक्रमको केन्द्रबिन्दु भने ‘धुमुर्स’ को भूमिकाले परिचित सीताराम कट्टेल थिए । कार्यक्रममा उपस्थित सबै विद्यार्थी, शिक्षक, शिक्षिका तथा आगन्तुक पाहुनाले सीतारमको प्रदर्शनको प्रशंसा गरे ।
उनको प्रस्तुति चेतनामूलक थियो । सुदेशा हाईस्कुलका प्रिन्सिपल मधु लोहनीले देशका नेता चुनावी माहोलमा भोट माग्न व्यस्त समयमा साना छात्रछात्राले सडक बनाउनका लागि रचनात्मक कार्यक्रम गर्नु उदाहरणीय भएको बताए । उनले च्यारेटी सोबाट संकलित रकम स्थानीय समुदायलाई हस्तान्तरण गरिने जानकारी दिए । (सौस)

प्रतिक्रिया