थापाको निधन

काठमाडौ, १३ कात्तिक । चलचित्र विकास बोर्डमा कार्यालय सहयोगीका रूपमा विगत ६ वर्षदेखि कार्यरत सम्झना थापाको सोमबार करेण्ट लागेर निधन भएको छ । साँझ साढे ६ बजेतिर चाबहिल कुमारीगालस्थित आफ्नै निवासमा असमायिक निधन भएको हो ।

छोरीको जन्म दिन मनाउने क्रममा रहेकी थापाको घरमै करेन्ट लागेर निधन भएको परिवार स्रोतले जनाएको छ । थापालाई घटनापश्चात् नजिकैको ओम हस्पिटलको आकस्मिक सेवामा लगिए पनि केही क्षणमै अस्पताल प्रशासनले निधन भइसकेको जानकारी दिएको थियो । थापाका श्रीमान् हरिकष्ण थापा पनि चलचित्र विकास बोर्डमा हलुका सवारी चालकका रूपमा कार्यरत छन् । उनका ८ वर्षका छोरा र १३ वर्षकी छोरी छन् ।

प्रतिक्रिया