निर्वाचनपछि चितवन र माडी क्षेत्रले काँचुली फेर्ने : शेरचन

चितवन, १३ कात्तिक । चितवन निर्वाचन क्षेत्र नं. ५ का प्रत्यक्ष उम्मेदवार अमिक शेरचनले संविधानसभाको निर्वाचनपछि चितवनर माडी क्षेत्रले काँचुली फेर्ने ठोकुवा गरेका छन् ।

सामाजिक न्याय र तीव्र आर्थिक विकासको मुद्दा एमाओवादीसँग मात्रै भएकाले एमाओवादी बहुमतले विजयी हुने दाबीसमेत उनले गरे । चुनावी अभियानका क्रममा मंगलबार क्षेत्र नम्बर ५ को गार्दी गाविसमा भएको सभालाई सम्बोधन गर्दै एमाओवादीका केन्द्रीय सदस्यसमेत रहेका नेता शेरचनले समानुपातिक प्रतिनिधित्व र गणतन्त्रको मुद्दा उठाउने पार्टी एमाओवादी भएकाले त्यसको संरक्षण पनि त्यसले नै गर्ने बताए । विगतको संविधानसभामा जनताको संविधान लेख्न चाहे पनि अन्य दलले भोटिङमा जान नदिएका कारण बहुमत भए पनि संविधान नलेखेरै विगतको संविधानसभाको अवसान भएको उनको भनाई थियो । एमाओवादीले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान निर्माण गर्न चाहेको र त्यहीअनुसार राज्यको पुनरसंरचना गरिने उनको स्पष्ट भनाई थियो । अबको निर्वाचनले जनताको पक्षमा संविधान लेखेरै छाड्ने दावी गर्दै उनले भने– माडीको विकासका लागि आफूसँग गतिलो योजना भएको भन्दै केही बर्षभित्रै विकास निर्माण, विद्युत, सञ्चारमा सबैको पहुँच पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । उनले माडी क्षेत्रमा आफ्नो पहलबाटै विजुली जान लागेको भन्दै मंसिर १५ गते भित्र माडीमा विजुली वत्ति बल्ने दावी गरे । उनले उक्त अवसरमा क्षेत्र–५ को गार्दी गाविसको वडा नम्बर २, ६, ८ र ९ नम्बर वडाको शित्तलपुर, मध्ये शित्तलपुर, भगंत्ता, चैनपुर, वरुवा बजार, लछुमनिया लगायतका गाउमा घरदैलो भेटघाट र अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको क्षेत्र–५ का प्रसार–प्रचार समितिका सयोजक नारायण प्रसाद आचार्यले जानकारी दिए ।
यस्तै आगामी संविधान सभाको चुनाव एमाओवादीको तर्फबाट क्षेत्र–१ का उम्मेदवार यम बहादुर परियार “ईन्द्रजीत”लाई विजयी गराउन गाउँ–गाउँमा घरदैलो अभियानलाई तिव्रता दिएको एमाओवादी क्षेत्र–१ का संयोजक राजु अम्गाई सुवोधले जानकारी दिए । अभियानमा स्थानिय कठारवासीले उम्मेदवार परियारलाई पञ्चेबाज सहित स्वागत गरिएको थियो ।
सो अवसरमा मधेशी जनअधिकार फोरम जनअधिकार मञ्च लोकतान्त्रिकाका चितवन सचिव एवं फोरम दलिय मार्चोका केन्द्रिय सदस्य वलराम बर्दैवा लोकतान्त्रिक फोरम परित्याग गरि एमाओवादीमा प्रवेश गरेका छन् । साथै उनीसगै फोरमका रोशनी कुहिडे, रेखा वजगाई, पुजा वजगाई, वालकृष्ण वि.क.लगायत ४० जना एमाओवादीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेपछि दलिय मार्चोका केन्द्रिय सदस्य वलराम बर्दैवाले फोरम लोकतान्त्रिकले देश विखण्डन तर्फ लगेका कारण आफु देश बचाउन एमाओवादीमा प्रवेश गरेको बताए । यसै विच एकीकृत नेकपा (माओवादी) ले क्षेत्र–२ को विभिन्न गाविस र एक नगरपालिका रत्ननगर क्षेत्रमा चुनावी अभियानलाई तिव्र रूपमा सक्रिय बनाएको छ । पार्टीको क्षेत्रिय समिति क्षेत्र–२ ले मंगलबार क्षेत्रका सबै निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई सक्रिय बनाउँदै प्रचार–प्रसार अभियानलाई तीव्र पारेको क्षेत्र नम्बर २ की प्रसार–प्रचार समिति की संयोजक एवं आगामी संविधानसभाका एमाओवादीकी समानुपातिक तर्फ की उम्मेदवार संगिता भटराईले जानकारी दिईन् । उनका अनुसार पार्टीले सबै क्षेत्र, गाविस, वडा, गाउँ र टोलमा चुनाव प्रचार–प्रसार समिति तथा कार्यालयको स्थापना गर्दै चुनावी अभियान सफल बनाउँदै आएको बताईन् ।
पार्टीले जनताका घर, आँगन तथा मेलपातमासम्म गएर घरदैलो अभियान सञ्चालन गरेको जनाइएको छ । घरदैलो भेटघाट कार्यक्रममा संविधानसभाकाका प्रत्यक्ष तर्फका उम्मेदवार विश्वभक्त दुलाल आहुती, समानुपातिक तर्फका उम्मेदवारहरू संगिता भटराई र रमेश रेग्मी अमरले घर–घर मेलापातमा नै गई आफ्नो पार्टीको एजेण्डा राख्नुका साथै भोट समेत मागेका थिए । सो अवसरमा बोल्दै क्षेत्र –२ का उम्मेदवार विश्वभक्त दुलाल आहुतीले एमाओवादीले भाषिक, साँस्कृतिक, जातजाति समुदाय, ऐतिहासिक पहिचानका आधारमा देशलाई संघीयतामा ढाल्न खोजे पनि अरु पार्टीले सोको विरोध गरेका बताए । उनले एमाओवादीलाई पूर्ण बहुमत दिई पाचँ बर्ष शासन गर्न एक पटक अवसर दिएर छाड्नु पर्ने बताए । कार्यक्रममा बोल्दै समानुपातिक तर्फकी उम्मेदवार सिंगिता भटराईले जनताले नयाँ संविधान र सो क्षेत्रको विकास एमाओवादीले स्पष्ट बहुमत ल्याए मात्र हुने बताईन् ।

प्रतिक्रिया