जन–समर्थन बढे पछि आक्रमण : कांग्रेस

congressकाठमाडौं, १२ कात्तिक । कांग्रेसमा देखिएको जनसमर्थनबाट असन्तुष्ट विपक्षीहरुले आफ्ना कार्यकर्ता र समर्थकलाई कुटपिट तथा सांघातिक आक्रमण गर्न थालेको जनाएको छ ।

कांग्रेसको सुरक्षा समितिले आज (मंगलबार) विज्ञप्ति जारी गरेर आफ्ना कार्यकतालाई सांघातिक आक्रमण, लुटपाटका घटनाहरु भएका सूचना प्राप्त भएको जनाएको छ । उसले दोषीलाई कारबाहीको माग पनि गरेको छ ।

‘जनताको शान्तिपूर्ण मतदान गर्ने अधिकार र स्वतन्त्रता पूर्वक पार्टी र विचार रोज्ने अधिकारको पूर्ण सम्मान गर्दछ,’ कांग्रेसले भनेको छ, ‘शान्तिपूर्ण प्रतिस्पर्धा र निर्वाचन आचार संहिताको पूर्ण पालना गर्नु पर्छ ।’

एमाओवादीलगायत निर्वाचनमा सहभागी सम्पूर्ण दलहरुलाई निर्वाचनमा शान्तिपूर्ण प्रतिश्पर्धा गर्न र निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न कांग्रेसले आग्रह गरेको छ ।

 

                                                                                                                                                 कार्तिक १२, २०७०
प्रेस विज्ञप्ति

२०७० मंसिर ४ गते हुन गइरहेको संविधानसभाको निर्वाचनमा जनताको उत्साह वढदो छ । नेपाली कांग्रेस पार्टीका कार्यकर्ताहरु आफ्ना उम्मेदवारहरुसंग निर्वाचनमा सक्रियताका साथ सहभागी भई रहेका छन । देशभरी नै नेपाली कांग्रेसका प्रति देखिएको जनसमर्थन संगै नेपाली कांग्रेसको कार्यकर्ताहरुमाथी सांघातिक आक्रमण, लुटपाटका घटनाहरु घटेका सूचनाहरु प्राप्त भएका छन । हिजो काठमाण्डौं र नेपालगंजमा नेपाली कांग्रेसलाई लक्षीत गरी घटित आगजनीका घटनाहरु भने कसले गरेको हो त्यो प्रष्ट भइसकेको छैन । नेपाली कांग्रेस जनताको अभिमतमा विश्वास गर्छ । जनताको शान्तिपूर्ण मतदान गर्ने अधिकार र स्वतन्त्रता पूर्वक पार्टी र विचार रोज्ने अधिकारको पूर्ण सम्मान गर्दछ । निर्वाचन मार्फत जनताले हाम्रो पार्टीलाई जुन स्थानमा राख्छ त्यसलाई हामी स्वीकार्छौं । हामी निर्वाचनमा सहभागी सम्पूर्ण दलहरुसंग पनि यही अपेक्षा गर्दछ । शान्तिपूर्ण प्रतिस्पर्धा गरौं, निर्वाचन आचार संहिताको पूर्ण पालना गरौं ।

नेपाली कांग्रेस, एनेकपा (माओवादी) लगायत निर्वाचनमा सहभागी सम्पूर्ण दलहरुलाई निर्वाचनमा शान्तिपूर्ण प्रतिश्पर्धा गर्न र निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न अनुरोध गर्दछ । त्यस्तै निर्वाचन प्रकृयामा भाग नलिएका दलहरुसंग पनि आफ्नो वहिष्कार विरोधलाई शान्तिपूर्ण राख्न अनुरोध गर्दछ । जनताले मतदानमा भाग लिने नलिने जनताको इच्छा हो, त्यसको हामी सवैले कदर गर्नु पर्दछ ।

नेपाल सरकारको दायित्व निर्वाचन शान्तिपूर्ण र भयरहित तरिकवाट सम्पन्न गर्ने हो । केही दिनयता घटेका घटनाहरुले सरकारले शान्ति सुरक्षालाई सुदृढ गर्नु पर्ने स्पष्ट संकेत गरेको छ । हामी सरकारसंग पूर्ण शान्ति सुरक्षाको प्रत्याभुति दिन माग गर्दछौं । साथै, आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरुलाई तत्काल कारवाही गरी निर्वाचन प्रक्रियाप्रति जनाताको विश्वास वलियो वनाउन माग गर्दछौं । साथैं, निर्वाचन आचार संहिता पालना गराउने प्रति गम्भीर हुन निर्वाचन आयोगको ध्यानाकर्षण गराउछौं ।

अहिलेसम्म एनेकपा (माओवादी) वाट नेपाली कांग्रेसलाई लक्षीत गरी घटेका घटनाहरुमा संलग्न हुनेहरुलाई हामीले पटक पटक ध्यानाकर्षण गराउदा पनि सरकारले कारवाहीको दायरामा ल्याएको छैन । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं र सरकारसंग तत्काल कारवाहीको माग गर्दछौं । साथै, राजनीतिक आवरणमा हुने अपराधिक क्रियाकलापहरु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउछौं ।

नेपाली कांग्रेस पार्टी र अन्य पार्टीहरुलाई समेत लक्षीत गरी गरिएका आगजनी र आक्रमणका घटनाहरु कसले गराएका हुन तत्काल पत्ता लगाई कारवाही अगाडी वढाउन हामी सरकारसंग माग गर्दछौं ।

हामी निर्वाचनमा संयमका साथ सहभागी भएका छौं र निर्वाचन आचार संहिताको पालनाप्रति गम्भीर छौं । हामी शान्तिपूर्ण तरिकावाट निर्वाचन प्रक्रियामा सरिक हुने कुरामा हामी प्रतिवद्ध छौं । अरु पार्टीहरुवाट पनि त्यही कुराको अपेक्षा गर्दछौ । शान्तिभंग गर्ने, भौतिक र मानसिक रुपमा त्राश र अशान्ति सृजना गर्ने जो सुकै हुन, त्यस्ता गतिविधि गर्ने पार्टी, समुह र व्यक्तिहरुका क्रियाकलापहरुलाई गम्भीरताका साथ लिन सरकारसंग हामी माग गर्दछौं ।

नेपाली कांग्रेसप्रति लक्षित अहिलेसम्म प्राप्त आक्रमण, लुटपाट र आगजनीको घटनाहरुको विवरण यससंगै संलग्न छ ।
केन्द्रीय निर्वाचन सुरक्षा समन्वय समिति
नेपाली कांग्रेस, केन्द्रीय कार्यालय

निर्वाचनको क्रममा नेपाली कांग्रेसप्रति लक्षित गरी गरिएका सांघातिक आक्रमणहरुको विवरण
(अहिलेसम्म प्राप्त भए अनुसार)

 

१) क) रुकुम : आश्विन ३० गते रुकुमको गरायला, सिम्ली, पुर्तिमकाडा गा.वि.स.का लागि नेपाली कांग्रेसको प्रचार सामाग्री तथा माइक अपरान्ह १ वजे एनेकपा माओवादी) का देववहादुर वि.क. मुस्कान र धनवीर ओलीको नेतृत्वमा आएका समुहले लुटेका ।

ख) २०७० कार्तिक ३ गते सााझको ७:०० वजे एनेकपा माओवादीले आक्रमण गरी नेपाल तरुण दल रुकुमका जिल्ला सदस्य जनक कुमार वाठा र आटविसकोट गाविसका पार्टी सभापति दीपककुमार शाहीमाथी धारिलो हतियार प्रयोग गरी अवस्था गम्भीर भई कार्तिक ४ मा उपचारार्थ हेलिकोप्टरवाट काठमाण्डौं ल्याई महाराजगंज टिचिङ्ग अस्पतालमा भर्ना/सोही घटनामा एमालेका समर्थक गणेश सिंहको टाउकोमा गम्भीर चोट ।

२) धादिङ्ग : मिति २०७०/६/६ गते धादिङ्गको नौविसेमा राती ७:३० वजे उम्मेदवार वुद्धलक्ष्मी लामा खाना खाइरहेको अवस्थामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङ्गका सहसचिव अर्जुन उप्रेतीलाई सुरक्षाकर्मिवाट विनाकारण कुटपिट गरेको ।

३) वाग्लुङ्ग : मिति २०७०/०७/५ गते वागलुङ्गमा वाइसिएलका सूर्य कुमार शेर्पालीको नेतृत्वमा नेपाली कांग्रेसका वालकुमार पुन–वुङ्गादोभान गाविस निवासी र भुवानी शंकर पुनमाथी धारिलो हतियारले सांघातिक आक्रमण हाल घाइतेहरुलाई उपचारार्थ गण्डकी अस्पताल पोखरामा भर्ना गरिएको छ । टाउाकोमा गम्भीर चोट पर्न गएको र ८ वटा टााका समेत लागेको छ ।

४) सिन्धुली : मिति २०७०/०७/८ गते राती :– दुधौली गा.वि.स.मा एनेकपा माओवादीले नेपाली कांग्रेसको प्रचार सामाग्री लुटी च्यातेको र निर्वाचन क्षेत्र नं. १ को मुख्य प्रचार कार्यालयमा तोडफोड ।

५) नुवाकोट जिल्ला क्षेत्र नं. २ को गाउाखर्क गा.वि.स. –१ मा राती १० वजे पार्टीका साथीहरु प्रचार प्रसार गरी रोजलाल तामाङ्गको घरमा वास वसेको वेलामा ढोका फोडेर एनेकपा माओवादीले पेस्तोल, खुकुरी, भाला, तरवार र चेनले आक्रमण गरी गम्भीर घाइते वनाएका (अन्य पार्टीवाट नेपाली कांग्रेसमा प्रवेशको लहर देखेर ५ वटा गाविसमा तपाईलाई छिर्न पाउनु हुन्न भनेर मार्ने धम्की) एमाओवादी जिल्ला इन्जार्च राजन गौतम भन्ने “नकुल” को नेतृत्वमा हाम्रा साथीहरुलाई २० मिनेट वन्दक वनाएको ।
घाइतेहरु : नुर वहादुर तामाङ्ग –वुथ कमिटि अध्यक्ष, सहदेव कुमार उप्रेती (पत्रकार), अच्युत आचार्य विद्यार्थी नेता ।

७) बााके : मिति २०७० कार्तिक ११ गते १०:३० वजे निर्वाचनको प्रचार प्रसारको क्रममा सवारी साधन लिई हिडिरहेको अवस्थामा उक्त गाडीमाथी अज्ञात समुहद्वारा मट्टितेल छर्की आगजनीको प्रयास गरेका थिए ।

८) काठमाडौं : मिति २०७० कार्तिक ११ गते विहानको १० वजे धापासी गाविस (कृष्ण मन्दिरमा) नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाण्डौं जिल्ला क्षेत्र नं. ५ का प्रत्यासी उम्मेदवार श्री नरहरी आचार्यको गाडीमा पेट्रोल छर्की अज्ञात समुहद्वारा आगजनी गरेको ।

 

प्रतिक्रिया