वैज्ञानिक प्रशिक्षण सुरु

Traningकाठमाडौं : राष्ट्रिय खेलकुद परिषद्बाट स्वयंसेवक प्रशिक्षकको लाईसेन्स प्राप्त गरेका स्वयंसेवक प्रशिक्षकहरु मध्ये विद्यालय शिक्षक कोर्ष, सहायक प्रशिक्षक तालिम र डिप्लोमा कोर्ष गरेका बाहेककाको सोमबारदेखि स्वयंसेवक प्रशिक्षकहरुलाई लक्षित गरी वैज्ञानिक प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणमा विभिन्न २१ खेलका ४ सय ५० जनाको सहभागिता रहेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भइरहेको प्रशिक्षण मंगलबार सम्पन्न हुनेछ । (सौस)

प्रतिक्रिया