उम्मेदवारको घरमा शंकास्पद वस्तु

कैलाली, १२ कात्तिक । नेपाली कााग्रेस कैलाली क्षेत्र नंम्वर ३ का उम्मेदवार नारायणदत्त मिश्रको घरमा शनिबार कालो झण्डा गाडी कपडामा शंकास्पद वस्तु बेरेर राखिएको अवस्थामा फेला परेको छ ।

जोशीपुर गाविस–९ लोखरीमा रहेको उनको घर नजिकै विद्युतको खम्बामा उक्त शंकास्पद वस्तु बेरेर राखिएको थियो ।
घटनाबारे थाहा पाउने बित्तिकै इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी र नेपाली सेनाको टोली घटनाथल गएर हेर्दा कपडाभित्र माटो भरेर राखेको भेट्टिएको थियो । घटनामा बैद्य माओवादीको संलग्नता रहेको हुनसक्ने सुरक्षाकर्मीको अनुमान छ ।

प्रतिक्रिया