मतदाताप्रति जिम्मेवार बनाउन अभियान

दोलखा , ११ कात्तिक । आगामी संविधानसभाका लागि निर्वाचित हुने प्रतिनिधिहरुलाई मतदाताप्रति जीम्मेवार बनाउनका लागि काठमाडांैमा गठन भएको देशभरका युवाहरुको सञ्जाल तन्नेरी चासोले आईतबारबाट अभियान सुरु गरेको छ ।

देशका विभिन्न १३ जिल्लामा सञ्चालन हुने अभियान दोलखाबाट सुरु गरिएको हो । कार्यक्रम अन्तर्गत आईतबार दोलखाको चरिकोटमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई लिखित प्रतिवद्धतामा हस्ताक्षर गराईएको छ ।
प्रतिवद्धतामा संघिय समाजवादी पार्टी क्षेत्र नं. २ का उम्मेदवार हेप बहादुर थामी, समानुपातिक उम्मेदवार नोर्साङग शेर्पा, प्रमिला श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका सुकमान थामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नर वहादुर पाख्रीन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मोहनबहादुर लामा, नेपाल मजदुर किसान पार्टीका लक्ष्मी शिवाकोटी, राष्ट्रिय मधेस बहुजन समाजवादी पार्टीका अमृतबहादुर चौंलागाँई, राष्ट्रिय चुरेभावर पार्टिको रामप्रसाद उपाधाक्ष्य , स्वतन्त्र उम्मेदवार हिराप्रसाद चौंलागाई, टिकाप्रसाद सापकोटा गरि ११ जनाले हस्ताक्षर गरेका छन ।
नागरिक अभियान दोलखा र तन्नेरी चासोले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा जिल्लाका नागरिक समाज, पत्रकारलगायत विभिन्न संस्थाका प्रतिनिधिहरु सहभागि भएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी एवं पुर्व जिविस सभापति रुद्रवहादुर खड्का, नेकपा एमाले दोलखाका उपाध्यक्ष नरबहादुर श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुन्दरप्रकाश खड्काले आफ्नो भनाई राख्दै पार्टीका उम्मेदवारहरुलाई जिम्मेवार वनाउन अभियानले भूमिका निर्वाह गर्ने वताए । नेपालका राजनैतिक दल तथा नेताहरुलाई उत्तरदायि बनाउन कार्यक्रमको आयोजना गरिएको प्रतिवद्धता पत्रका मस्यौदाकार एवं नागरिक अभियान दोलखाका संयोजक प्रेमप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रममा वोल्दै नागरिक समाजका विर्ख क्रान्तिले नेताहरुलाई उत्तरदायि बनाउन नसकिए फेरी पनि संविधान निर्माण नहुने भएकाले नेतालाई जनताले खवरदारी गर्न जरुरी रहेको वताए । अभियानअन्तर्गत आईतबारै सिन्धुपाल्चोकको खाडीचौर र काभ्रेपलाञ्चोकको धुलिखेलमा कार्यक्रम आयोजना गरिने अभियानमा संलग्न नविन सिलवालले जानकारी दिए ।

प्रतिक्रिया