अभ्यास खेलमा चौथो जित

ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट–२०१४ को छनोट प्रतियोगिताको तयारीको लागि भारतमा रहेको नेपालले लगातार चौथो अभ्यास खेल जितेको छ । नेपालले भारतको रेलवेज टिमलाई ५ रनले हराएको हो । यसअघि नेपालले पहिलो खेलमा हार ब्यहोर्दा दिल्ली डिस्ट्रिकलाई दुई खेलमा पराजित गरेको थियो । यस्तै, नेपालले रेजवेजलाई पहिलो अभ्यास खेलमा ३ रनले हराएको थियो । रेजवेजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन जोड्यो । नेपालको लागि विनोद भन्डारीले सबैभन्दा बढी ४२ रनको योगदान गरे । विनोदले ३५ बल खेल्दा ५ चौका हिर्काए । यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्ले पनि ३१ जोड्दा ४ चौका प्रहार गरे । १ सय ३८ रनको लक्ष्य पछ्याएको रेलवेजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन मात्र जोड्न सक्यो । अभ्यासका क्रममा अब नेपाली टोलीले अन्तिम दुई खेल गौतम गाम्भीरको नेतृत्वमा रहेको इन्भिटेसनल इलाभेनसँग खेल्नेछ । दिल्लीमा अभ्यास खेल र केही दिनको तयारीपछि नेपाली टोली ट्वान्टी–ट्वान्टी विश्वकप छनोट खेल्न सधँै युएई प्रस्थान गर्नेछ ।

प्रतिक्रिया