दैलेखका तीन स्थानमा विस्फोट

दैलेख, १० कात्तिक । आसन्न संविधान सभाको चुनावको मिति नजिकीदै गर्दा देशका विभिन्न स्थानमा चुनाव विरोधि गतिविधिहरु बढीरहेको छ । यस्तैमा दैलेखमा शुक्रवार राती विभिन्न तीनवटा स्थानमा विस्फोटका आवजहरु सुनिएका छन् । जिल्लाको ओखरवास जंगल, द्धारी गाविस जंगल र खड्कावाडामा विस्फोटका आवाजहरु सुनिएको स्थानीय वासिन्दाहरुले बताएका छन् ।

विस्फोट पदार्थ हो वा अन्य केही हो भन्नेवारेमा प्रहरी र प्रशासनले खोजी गरिरहेको छ । जिल्लाका विभिन्न स्थानहरुमा दलहरु चुनाव प्रचार प्रसारमा खटिएका बेला भएको विस्फोटले स्थानीयहरुलाई र चुनाव प्रचार प्रसारमा हिडेका नेता तथा कार्यकर्ताहरुलाई शसंकित बनाएको प्रेस चौतारीका केन्द्रिय सदस्य अमर सुनारले जानकारी दिएका छन् । प्रहरीले घटनाको खोजीका लागि ओखरवासमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरी पुगेपछि मात्र बम विस्फोट हो वा अन्य कुनै विस्फोट हो सोको जानकारी हुने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रज्ववल महर्जनले जानकारी दिएका छन् ।
नेकपा माओवादी निकटका जिम्मेवार कार्यकर्ताहरुले भने धमिलो पानीमा माछा मार्ने षडयन्त्र भएको र आफुहरुको नाम वेचेर अरुले नै विस्फोटको हल्ला फिजाएको बताए । हाम्रा नेताहरुलाई लगत हल्ला चलाएर जेलमा फसाउने षडयन्त्र भैरहेको छ । दैलेखका हाम्रो विरोध शान्तिपुर्ण हुने सम्झौता समेत भएको उनको तर्क छ । राज्यले गरेको सुरक्षा रणनितमा दैलेखलाई सामान्य जोखिममा समावेस गरिएको छ ।

प्रतिक्रिया