न्याय नपाएपछि १७ जनाको परिवारै भारत विस्थापित

nepal_policeधनगढी ९ कात्तिक । आफ्नै जन्मभूमिमा न्याय नपाएपछि बैतडीको एक परिवार देशै छोडी विदेशिएको छ । १७ वर्षीया छोरीलाई जबरजस्र्ती बलात्कार गर्नेविरुद्ध प्रहरी प्रशासनले कारबाही गर्न नमानेपछि उनीहरूको परिवार भारततिर विस्थापित भएको छ । बैतडीको बाशुलिंगकी एक युवती गाउँकै दाजु नाता पर्नेबाट बलात्कार भई गर्भवती भएकी छिन् । छोरीलाई बलात्कार गर्नेविरुद्ध उजुरी दिइ न्याय माग्दै १७ जनाको परिवार प्रहरीमा पुगेको थियो तर प्रहरीले राजनीतिक दवावका कारण उजुरी लिन नमानेपछि उनीहरूले देश नै छाडेको स्थानीयवासीले बताए ।

१७ वर्षीया युवतीलाई ६ महिनाअघि जंगलमा बाख्रा चराउन गएका बेला नातामा दाइ पर्ने २६ वर्षीय धर्मानन्द भट्टले बलात्कार गरेका थिए । युवतीको पेटमा गर्भ रहेको घरपरिवारले थाहा पाएपछि बलात्कार गरेको घटना सार्वजनिक भएको हो । युवतीका आफन्तले प्रहरी कार्यालय बैतडीमा उजुरी दिए पनि बलात्कारको घटनाको ३५ दिन हदम्याद नाघेको भन्दै उजुरी दर्ता नगरिदिएको युवतीका आफन्तले बताएका छन् । उनीहरूका अनुसार प्रहरीले हदम्याद नाघेकोले कानुनी लडाईं लड्न नसकिने भन्दै उजुरी लिन नमानेपछि गाउँबाटै विस्थापित हुनु परेको छ ।
समाजमा बेइज्जत हुने भन्दै पीडितका काकाको परिवारसमेत गरी १५ जनाको परिवार बुधवार बलात्कारबाट गर्भवती भएकी युवती गाउँमै छोडेर भारततिर जान्छु भनी गएको स्थानीयबासिन्दाले बताए । पीडित युवती एउटा हात र एउटा खुट्टा नचल्ने अपांग भएको र कतै जान पनि नसक्ने रहेकी छन् । आफन्तले गाउँमै छाडेर गएपछि उनको अवस्था झन् नाजुक भएको स्थानीयले बताए ।
यसबारे घटनाबारे बैतडी प्रहरी प्रमुख डिएसपी होमनाथ निरौलाले ठाडो उजुरी आएको र घटना अलि पुरानो भएकाले अदालतमा जाहेरी दिनुपर्ने बताए । उनले आरोपित केटालाई बोलाएर सोधपुछ गर्दा होइन भनेको र केटी उसैको हो भनेर प्रहरीलाई बताएको बताउँदै घरपरिवार बिस्थापित भएको बारे आफूलाई जानकारी नभएको बताए ।

प्रतिक्रिया