धरपकडप्रति नेकपा–माओवादीको आपत्ति

Mohan-Baidhyaकाठमाडौं, ८ कात्तिक । नेकपा–माओवादीले शान्ति पूर्ण प्रदर्शन र विरोधका क्रममा मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेको भन्दै भत्र्सना गरेको छ ।
नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर विभिन्न स्थानमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई विनासर्त रिहा गर्न माग गरेकी छन् । उनले आफूहरुको मागप्रति वेवास्ता गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

‘निर्वाचनजस्तो आन्तरिक मामिलामा नेपाली सेना परिचालन गरी देशलाई गृहयुद्धमा धकेल्ने षड्यन्त्र गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण बहिस्कारमा लागेका नेकपा–माओवादी र संघीय लिम्बुवान परिषद्का कार्यकर्तालाई गिरफ्तार गरी फासिवाद उन्मुख चरित्र प्रदर्शन गरिएको छ ।’

‘रामेछापमा पोष्टर टाँस्दै गर्दा नेकपा–माओवादीका कार्यकर्ता, मार्चपास गर्न लाग्दा झापामा एक सय भन्दा बढी कार्यकर्ताहरु तथा इलाम, फिदिम र धनकुटामा विना कारण संघीय लिम्बुवान परिषद्का थुप्रै कार्यकर्ताको गिरफ्तार गरिएको छ,’ भुसालले भनेकी छन्, ‘जनताको लोकतान्त्रिक अभ्यासलाई अवरोध पुर्‍याउने यसप्रकारको सरकारी कार्यप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।’

प्रतिक्रिया