एमाओवादीका उम्मेदवार मादेनलाई आक्रमण

maobadiताप्लेजुङ, ८ कात्तिक । ताप्लेजुङमा नेकपा–माओवादी र संघीय लिम्बुवानका कार्यकर्ताले एकीकृत माओवादीका उम्मेदवार सञ्चपाल मादेनलाई आक्रमण गरेका छन् । आक्रमणबाट मादेन गम्भीर घाईते भएका छन् ।
चुनावी अभियान अन्तर्गत मेले–२ मा सुतेका मादेनलाई नेकपा–माओवादी र लिम्बुवानका कार्यकर्ताले आज (शुक्रबार) विहान करिव तीन बजे आक्रमण गरेका थिए । एमाओवादीका तर्फबाट मादेनले क्षेत्र नम्बर एकमा उम्मेदवारी दिएका छन् ।
१०/१२ जनाको समूहमा आएका उनीहरुले सुरक्षाकर्मीको घेरा तोडेर मादेनलाई आक्रमण गरेको एमाओवादीको आरोप छ । आक्रमण पछि उनीहरु फरार भएका छन् ।
आक्रमणमा मादेनसहित आफ्ना झण्डै दजैन कार्यकर्ता घाईते भएको एमाओवादी ताप्लेजुङका कार्यालय सचिव सागरमणि गौतमले जानकारी दिए ।

प्रतिक्रिया