दाहालका कार्यक्रम विथोल्न दुई सकेट बाम

Siraha-Ma-Saket-Bom

सिरहा, ८ कात्तिक । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको चुनावी कार्यक्रम विथोल्न अपरिचित समूहले सिराहामा राखेका दुई वटा सकेट बम सुरक्षा निकायले निष्कृय बनाएको छ ।
सकेट बम जमदह–४ र मुक्सार–३ स्थित एमाओवादीको पार्टी कार्यालयमा प्लाष्टिकको झोलामा पोको पारेर राखिएको अवस्थामा आज (शुक्रबार) विहान फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक विमल पराजुलीले जानकारी दिए ।

मुक्सार गाविसका प्रकाश जर्घाका अनुसार पार्टी कार्यालयमा कार्यकर्ताहरु प्रवेश गर्ने बेलामा शंकास्पद झोला देखे पछि प्रहरीलाई खबर गरेका थिए । सकेट बम प्लाष्टिकको झोलामा पोको पारेर राखेको अबस्थामा फेला परेको थियो ।
प्रहरीले सकेट बाम फेला परेका दुबै स्थानमा घेरा हालेर नेपाली सेनालाई बोलाएको थियो । सकेट बम चोहर्वास्थित नेपाली सेनाको नयाँ श्री नाथ गणले निष्कृय बनाएको प्रहरीले जनाएको छ ।

एमाओवादी अध्यक्ष दाहाल चुनावी प्रचार प्रसारका लागि घरदैलो गर्न सिराहा आउँने कार्यक्रम छ । दाहालको चुनावी सभा हुने भनेर तोकिएका स्थानहरुमा सकेट बम फेला परेपछि एमाओवादीका कार्यकर्तामा त्रास फैलिएको छ । बम भेटिए पछि सो क्षेत्रको जनजीवन आतंकित भएको छ । मानिसहरु घरबाट बाहिर निस्कन डराएका छन् ।

यसैबीच, तराईमा सकृय भूमिगत सशस्त्र समूह मधेश राष्ट्र जनतान्त्रिक क्रान्तिकारी पार्टीका अध्यक्ष रणवीर सिंहले सञ्चारकर्मीहरुलाई फोन गरी सकेट बम राखेको जिम्मेवारी लिएका छन् । उनले दाहाल मधेसको अपमान गर्न सिरहामा चुनाव लड्न आएकाले बिरोधमा सकेट बम राखिएको बताए ।

नेकपा–माओवादीले पनि दाहाल सिरहा आउने भएको जानकारी पाए पछि कार्यक्रम विथोल्न सिरहा बन्दको घोषणा गरेको छ ।

नेकपा–माओवादी जिल्ला संगठन समितिका ईञ्चार्ज जितेन्द्र सिंहले चुनावको नौटंकी र झुठको खेती रोक्न बन्द आयोजना गरिएको बताए ।

सिराहामा बन्दको सामान्य असर परेको छ । यातायात, वजार र शैक्षिक संस्थाहरु आशिंक रुपमा बन्द भएका छन् ।

Sirahama-Saket-Bom-2

प्रतिक्रिया