फुटबलसंघमा पुरानै अनुहार

Ganesh-Thapaकाठमाडौं, ८ कात्तिक । आगामि ४ वर्षका लागि १७ सदसिय नयाँ कार्यसमिती चयन गर्दै अखिल नेपाल फुटबलसंघ –एन्फा) को१४ औँ साधारण सभा बिहिबार सम्पन्न भएको छ ।  साधारण सभाले गणेश थापाको नेतृत्वमा ४ उपाध्यक्ष र ११ सदस्यीय तथा एक महिला सदस्य गरि कुल १७ सदसीय कार्यसमीती चयन गरेको हो । गणेश थापाको यो लगातार छौटौँ कार्यकाल हो ।

यस अघि रहँदै आएको ३१ सदसिय कार्यसमितीको विधान संसोधन गर्दै १७ सदसिय कार्यसमिती रहने निर्णय गरेको थियो । जसअन्तर्गत १७ सदसीय कार्यसमिती चयन गरेको हो । कार्यसमीतीमा अध्यक्ष गणेश थापा सहित उपाध्यक्षहरुमा ललितकृष्ण श्रेष्ठ, किशोर राई, कर्मा छिरिङ शेर्पा र विजय नारायण मान्नधर रहेका छन् ।
त्यस्तै सदस्यमा ४ जना नया तथा तथा सात पुरानै अनुहार रहेका छन् । सदस्य हुनेमा पंकज विक्रम नेम्वाङ, बशन्त अर्याल, गणेश बहादु्र चन्द, रमेश रायामाझी, दिनेश ब्यञ्जनकार, मोहोमद्ध समी उल्लाह, रत्नकुमार श्रेष्ठ, पु्रुषोतम अधिकारी रहेका छन् ४ नयाँ अनु्हारमा प्रकाश पंगेनी, प्रदेश सिंह राठौर, देवेन्द्रमान सिंह रहेका छन् । समितीले कार्यसमीतीको पु्र्णताका लागि एन्फाको महिला फु्टबल समितीको अध्यक्ष रहेकी कल्पना पियालाई एक वर्षका लागि कार्यसमितीमा मनोनयन गरेको छ ।
साधारणसभाले आ.व ७०/७१ मा  २० करोड २ लाख २४ हजार आम्दानी भएको र १८ करोड १५ लाख बराबरको खर्च भएको जानकारी दिएको छ । त्यस्तै सभाले ६९/७० मा १५ करोड ६८ लाख ३८ हजार आम्दानी भएको र जसमा १४ करोड ३९ लाख ६५ हजार खर्च भएको जनाएको छ ।
उपाध्यक्षका लागि २२ जनाको उम्मेद्वारी दिए पनि लामो प्रयास पछि १८ जनाले फिर्ता लिएका थिए । त्यस्तै सदस्यका लागि ३७ जनाको उम्मेदवारी परेको थियो । नयाँ कार्यसमिती चयन भएपछि दु्इदशक अघि देखि नेतृत्वमा रहेका अध्यक्ष गणेश थापाले पहिलो प्राथमीक्ता राष्ट्रिय टिमलाई सुदृढ पार्ने हुने बताए । थापाले यू–१६ ले नेपाली फुटबलमा निकै राम्रो संभावना देखाएको भन्दै एन्फा एकेडेमिलाई अझ ब्यबस्थीत गर्दै लैजाने बताए ।
साधारण सभाको राष्ट्रिय खेलकु्द परिषद्का सदस्यसचिव युवराज लामाले साधारणसभाको उद्घाटन गरेका थिए । साधारणसभाको उद्घाटन गर्दै लामाले गणेश थापाको नेतृत्वको विकल्प नभएको बताएका थिए । ‘ फुटब्लमा गणेश थापा जस्तो क्षमता र प्रतिभा भएको व्यक्ती हाम्रो देशमा अर्काे छैन । थापाले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय रुपमा समेत प्रभाव छाडेका छन् ’ लामाले भभने ।

प्रतिक्रिया