ह्यान्डबल प्रतिनिधि मण्डल दोहा प्रस्थान

काठमाडौ : कतारको राजधानी दोहामा आयोजनाहुने “अन्तराष्ट्रिय ह्याण्डवल महासंघको ३४ औ र एशियाली ह्याण्डवल महासंघको १९ औं महासभामा भाग लिन नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ्गको नेतृत्वमा तिन सदस्यिय प्रतिनिधी मण्डल विहिवार त्यस तर्फ प्रस्थान गरेको छ ।
प्रतिनिधी मण्डलमा संघका महासचिव विश्व वम मल्ल र सचिव सन्देश कुमार रेग्मी रहेका छन् । दुवै महासभाले आगामी चार वर्षका लागि नयाा नेतृत्व समेत चयन गर्ने छ । अध्यक्ष गुरुङ्गले एशियाली ह्याण्डवल संघको सदस्य पदमा उम्मेदवारी दिने नेपाल ह्याण्डवल संघले जनाएको छ । यसै गरि संघका सचिव रेग्मीले एशियाली ह्याण्डवल महासंघ अन्र्तगत रहेको अति कम विकसित राष्ट्रको सदस्य पदमा उम्मेदवारी दिने संघद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ । महासभा अक्टोवर २४ देखि २८ कार्तिकसम्म सञ्चालन हुनेछ । (सौस)

प्रतिक्रिया