फौजीको संक्रमणले किसान चिन्तित

चितवन, ७ कात्तिक । पूर्वी चितवनमा लगाइएको धानमा फौजी किराको संक्रमण देखिएको छ । धान बालीले बाला हाल्ने समयमा धानमा फौजी किराको संक्रमण देखिएपछि पूर्वी चितवनका खैरहनी कुमरोज, कठार गाविस र पश्चिम चितवनको शिवनगर गाविससहित माडी क्षेत्रका कृषकहरू चिन्तित बनेका छन् ।

सो किराले बढी मात्रामा धानबालीमा राहतको समयमा आक्रमण गर्ने र धानको बाला चुँडेर धान नष्ट गर्ने गर्छ । जसको नियन्त्रणका लागि कोल्रो पाइरिफस र सार्यपर मेथिन मिसाएर धान बालीमा छर्न सकिने जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार विगत एक सातादेखि छिटो पाक्ने धान लगाइएको स्थानमा यो समस्या देखिएको हो । यसको नियन्त्रणका लागि जिल्ला कृषि विकास कार्यालय चितवनको एक प्राविधिक टोली ती क्षेत्रमा पठाएको छ ।

प्रतिक्रिया