समावेशी राज्य संयन्त्र

काठमाडौं : तराई मधेस लोकतान्त्रिक पार्टीले समावेशी राज्य संयन्त्रमा जोड दिँदै बुधबार चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
तमलोपाले व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका र सेनाको संरचना समावेशी हुनुपर्ने आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ । न्यायपालिकामा कर्मचारी र न्यायमूर्तिमा एउटै जात एवं भाषाभाषीको बाहुल्यता रहेकै कारण उनीहरूले परिवर्तनकारी अन्तरिम संविधानलाई आत्मसात गर्न नसकेको पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताए । तमालोपाले स्वायत्त मधेस प्रदेश एजेन्डालाई प्राथमिकता दिएको छ ।
शासकीय स्वरूपको सम्बन्धमा मिश्रित निर्वाचन प्रणालीबाट चुनिने संसदबाट कार्यकारी प्रधानमन्त्रीको चयन र अलंकारिक राष्ट्रपतिको प्रस्ताव गरेको छ ।
युवा, मुसलमान, आदिवासी, दलित, महिला, अपांग र तेस्रो लिंगीको उत्थानका लागि विभिन्न कार्यक्रमलाई उसले आफ्नो घोषणा पत्रमा समेटेको छ । स्वतन्त्र एवं समावेशी सञ्चार प्रणाालीको वकालत गर्दै तमलोपाले भूमिहीन र कमलरीको व्यवस्थानलाई घोषणा पत्रमा महत्व दिएको छ ।

प्रतिक्रिया