बस दुर्घटनामा चार जनाको मृत्यू (अपडेट)

Chitwan-Accident

चितवन, ६ कात्तिक । चितवन जिल्लास्थित नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चण्डीभञ्ज्याङ–१, खहरेखोलामा बस दुर्घटना हुँदा मृत्यू हुनेको संख्या चार पुगेको छ ।
मृत्यू हुनेमा एक महिला र तीन पुरुष रहेका छन् । रामेछाप जिल्ला जिरी–२, खिम्ती निवासी २३ वर्षीया प्रेमकला श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय मुग्लिनका निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए । शव फेला परेका तीन जना पुरुषको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा तीस भन्दा बढि यात्रु घाईते भएका छन् । बस दुर्घटनास्थालबाट त्रिशुली नदीमा खसेको छ ।
धरानबाट काठमाडौं जाँदै गरेको ना २ ख ९८८७ नम्बरको बस आज (बुधबार) विहान खहरेखोलाबाट त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता जीवलाल चुँदालीले जानकारी दिए ।
घाईते यात्रु मध्ये तीनजनाको अवस्था गम्भीर छ । घाईतेहरुको चितवनस्थित भरतपुर कलेज अफ मेडिकल साईन्सेज् शिक्षण अस्पतालमा उपचार भई रहेको छ ।
घाइते हुनेमा धनकुटा पुर्ले–६ का ४५ वर्षीय उपेन्द्र लावती, धनकुटा घोलीखर्का–४ का २५ वर्षीय जीवन राई, २४ वर्षीया सदिना राई, मुडेवास–९ का २४ वर्षीय देवकुमार लिम्बु, खोटाङ पारापोखरी–३ बस्ने ४२ वर्षीया मीरा राई, धरान नगरपालिका–१५ बस्ने १७ वर्षीया पालिना राई, संखुवासभा पामखु–६ बस्ने कुबीरधन तामाङ, धरानका १५ वर्षीय रोशन दर्लान, ३० वर्षीया रेनुका दर्लान, १५ वर्षीया रीया दर्लान, ९ वर्षीया दीया दर्लान रहेका छन् ।
तेह्रथुम म्याङ्लुङका २१ वर्षीय विकेश श्रेष्ठ, सुनसरीका २२ वर्षीया सुष्मा कार्की, १४ वर्षीय सुरन कार्की र २५ वर्षीय राजेश थापा, धरानका २५ वर्षीय अनाम श्रेष्ठ, ललितपुर उपमहानगर–६ बस्ने २९ वर्षीया उषा लिम्बु, भोजपुर खातमा–७ की २७ वर्षीया सजीतम राई, झापाकी ३५ वर्षीय धनपति आचार्य, ३४ वर्षीय पविता आचार्य, भोजपुर दाँवा–६ का ४० वर्षीय प्रेम श्रेष्ठ, धरान–१६ का ३० वर्षीय सोमीना राई पनि घाईते भएका छन् ।
घाईते हुनेमा तेह्रथुमका २४ वर्षीय नवीन लिम्बु, २१ वर्षीय निर्वाचन लिम्बु, धरान–१४ का २५ वर्षीय कुश थापा मगर, तेह्रथुमका २२ वर्षीय गोविन्द श्रेष्ठ, सुनसरी सतरा–१ का १९ वर्षीय सुनिल बराईली, रामेछाप खनियापानी–३ का केशब श्रेष्ठलगायत रहेको प्रहरीले जनाएको छ ।
Accident-Chitwan

प्रतिक्रिया