निर्वाचन सुरक्षामा नेपाली सेना परिचालन

Nepal-Armyकाठमाडौं, ३ कात्तिक । नेपाली सेनाले मंसिर–४ को निर्वाचनको सुरक्षाका लागि आफ्नो कार्य सुरु गरेको छ । उच्चस्तरीय राजनीतिक समितिको सुझाव र सरकारको निर्णय अनुसार सेनाले निर्वाचनमा खटिएको हो ।
सेनाले प्रत्येक निर्वाचन क्षेत्रमा आज (आइतबार) बाट सेना खटाएको जनाएको छ । चुनावमा ६१ हजार नौ सय ९५ सेना खटिने छन् । एक निर्वाचन क्षेत्रमा कम्तिमा ४० सेना रहने नेपाली सैनिक प्रवक्ता सहायकरथी जगदीश पोखरेलले जानकारी दिए । सेनाले बाहिरी सुरक्षा घेरामा रहेर सुरक्षा प्रदान गर्ने छ ।
सेनाले एकीकृत निर्वाचन सुरक्षा योजनामा बर्गिकरण गरिए अनुसार सामान्य जिल्लामा मतदान स्थलबाहेकको बाहिरी सुरक्षा जिम्मेवारी सम्हाल्नेछ ।
अतिसंवेदनशील तथा संवेदनशील जिल्लामा मतदानस्थलको तेस्रो घेरामा सुरक्षा प्रदान गर्नेछ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अहिले सुरक्षा प्रदान गर्दै आएको महत्वपूर्ण प्रतिष्ठान, संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ ।
प्रवक्ता पोखरेलका अनुसार सेनाले चुनाबका बेला आपतकालीन समयमा गरिनुपर्ने उद्धारमा जनशक्ति, उद्धार सामाग्री तथा हेलिकप्टरको ब्यवस्थापन पनि गर्नेछ ।
मतपत्र छपाईमा सेनाले सुरक्षा दिनुका साथै बिकट क्षेत्रमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामाग्री ढुवानीको काम पनि सेनाले गर्ने तय भएको छ ।

प्रतिक्रिया